दलको नेतामा देउवाविरुद्ध गगनले दिए उम्मेदवारी

शेखर कोइराला प्रस्तावक, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप

 

काठमाडौं : नपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन्।

महामन्त्री थापाले मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेर दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्।

उनलाई नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेलले समर्थन गरेका छन्।

संसदीय दलको नेतामा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन्। कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भाेलि बुधबार हुँदै छ।