जुम्ला ः जुम्लामा मानव अधिकार उल्लघनका घटना बढ्न थालेका छन । नेपाल मानवअधिकार इन्सेकले संकलन गरेको प्रकासन पुर्वको बार्षिक समिक्षा कार्यक्रममा यस्तो बताइएको हो ।सँग नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि संकलन गरिएका मानव अधिकार सँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । नेपाल मानव अधिकार पुस्तक २०२२मा जुम्लामा १२ वटा घटना घटेको थियो ।
त्यस्तै संकलित घटनाहरुको थप पुष्टि गर्ने र छुटेका घटनाहरु थप गर्ने उद्देश्यका साथ बार्षिक पूर्व समीक्षा कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । उनले ०७८ पुस १७ गते देखि ०७९ पुस ४ गतेसम्म संकलन गरिएका २१ ओटा घटना प्रस्तुत गरेका छन ।
सम्मानित रुपले बाँच्न पाउने अधिकार हत्या कुटपिट ४ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार ८ ओटा, स्थानीय तहको निर्वाचनमा झडप ३ ओटा, घरेलुहिंसा ५ ओटा, आवासको अधिकार १ ओटा, विपद् घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताए ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन । उनले जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । ५ करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।
यस्तै १० जना मानवीय क्षति र पशुपंक्षी, कृषि योग्य जमीन पनि क्षति भएको उहाँले बताउनु भयो । विपद्का सवै क्षतिका घटनाका विषयमा गृह मन्त्रालयमा प्रतिवेदन पठाएका छौँ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले प्रहरी प्रशासनले मानवअधिकार संरक्षण र प्रवर्धनमा काम गर्दै आएको बताए । उनले भने,”प्रहरीलाई नागरिकको सहयोगको आवश्यक छ । हामीले आफै पनि अनुसन्धान गरेको छौँ । तर प्रहरीलाई सुचनाको पनि खाँजो छ । सूचना प्राप्त भएपछि तुरुन्त अनुसन्धान थाल्ने गरेका छौँ । पछिल्लो समय जुम्ला लागु प्रदार्थको स्पट बनेको छ । यसको न्यूनिकरण गर्नका लागि प्रहरी प्रशासन लागी परेको छ ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले राजनीतिक दल, नागरिक, सरोकारवाला निकाय नै अपराधिक घटनाका संरक्षकको भुमिका निर्वाह गरेको बताए ।उनले भने,”यस्ता घटनाका पक्षमा सशक्त रुपमा उभिएर पीडितलाई न्यायका पक्षमा हुनु पर्ने हो । तर यहा पीडकलाई उन्मुक्ति दिने खालका गतिविधि बढी रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले यहाँको सडक सञ्जाल, भौतिक संरचना अपांगमैत्री नभएको बताए । उनले भने, सडकका ढल नाला ढाँकिएका छैनन् । खुला नै छन् । दृष्टिविहिन व्यक्तिहरु सडकमा हिड्न निकै असहज भएको छ ।यसमा राज्य पक्षको ध्यानाकर्षण भएको छैन ।
जुम्ला सडक सञ्चालनमा जोडिएको लामो समय भयो । सडकको स्तरबृद्धि हुन सकेको छैन ।उनले भने, सडक सञ्जालमा जोडिएको जुम्लामा खाद्यन्न नुन चामलको अभाव हुने गरेको छ । विपद्ले एकातिर खेती योग्य जमीन नासिदै गएको छ भने अर्काेतिर राज्यले समयमा अनुदानको नुन चामल उपलव्ध गराउनु सकेको छैन ।