गृहमन्त्रालय दियो,जुम्लाका प्राविधिकलाई कोवोकलेक्ट मोवाईल एप्स सम्बधी अभिमुखीकरण

जुम्ला । गृहमन्त्रालयले जुम्लामा कोवोकलेक्ट मोवाईल एप्स बिषयमा अभिमुखीकरण गरेको छ।नेपाल सरकार गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाले जुम्लाका स्थानीय तहका प्राविधिकहरुलाई यस्तो प्रशिक्षण दिएको हो । जुम्लामा गत असोज महिनामा परेको अविरल वर्षाका कारण बाढी पहिरोले ठुलो क्षेति गरेको थियो । विपतमा घर भत्किएमा घटना स्थलबाटै अपलोड गर्न सकिने सो एप्सको वारे जुम्लामा अभिमुखीकरण गरेको दिएको हो ।

त्यस्तै मन्त्रालयका उपसचिव धुर्वबहादुर खड्का, सूचना प्रविधि अधिकृत यूवराज भण्डारी सहितको टोली जुम्ला पुगेर एप्सको वारेमा स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपत शाखा र विपत व्यवस्थापन समितिलाई प्रशिक्षण दिइएको छ ।
अभिमुखीकरणमा स्थानीय तहका प्राविधिकलाई मात्रै प्रयोग गर्न मिल्ने सो विधुतीय प्रणालीको एप्स डाउनलोड देखी तस्बिर र फोटोहरु कसरी अपलोड गर्ने सो बिषयमा अभिमुखीकरण गरिएको छ ।

गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाका सूचना अधिकृत यूवराज भण्डारी यो भन्दा पहिला ६७ वटा जिल्लामा भर्चुअल रुपमा यो तालिम दिईएको बताए । उनले भने,यस पटक भौतिक रुपमा राखेर जिल्ला जिल्लामा यो एप्सका बिषयमा प्रशिक्षण दिइएको छ ।
उनका अनुसार २५ जिल्ला जिल्लामा भौतिक रुपमा यसको वारेमा जानकारी गरिएको छ । गाउँपालिका र जिल्लामा संचालन गरिने रिकन्ट्क्सन एमआईएस सिष्टमको वारे पनि अभिमुखीकरण गरिएको हो ।
प्राविधिकहरुले एप्सवारेमा देखिएका समस्या तथा जटिलताका बिषयमा सूझाव दिएका छन् । तातोपानी गाउँपालिकाका ईन्जिनियर डिल्ली बुढाले घर भत्किनसकेको तर जोखिम भएको बिषयमा जिज्ञासा राखेका थिए ।

मन्त्रालयले वनाएको मनसुनजन्य, विपत प्रभावित, निजी आवास पुर्ननिर्माण कार्यविधि २०७७ र आगलागीजन्य विपत प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुनस्र्थापन अनुदान कार्यविधी २०७८ अन्तरगत सो एप्स, विपतले घर क्षेति भएमा प्रवलीकरण, पूर्ननिर्माण तथा पुनस्थापनाका बिषयमा पनि अभिमुखीकरण गरिएको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लामा मन्त्रालयका शाखा अधिकृत भिमराज बस्नेतले प्रस्तुतीकरण गरेको कार्यविधीमा अस्पष्ट भएका बिषयमा उपसचिव खड्काले प्रष्टाउनु भएको थियो । उनले घर पूर्ण क्षेति, आंशिक क्षेतिमा पाउने राहात देखी विभिन्न विषयमा जिज्ञासा मेटाउनु भएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले कार्यविधिका वारेमा भएका अस्पष्टता थप प्रष्ट पार्नेगरी तथा घटनास्थलबाटै अपलोड गर्ने एप्सको विषयमा मन्त्रालय जुम्ला आएर अभिमुखीकरण गरेकोमा बताए । उनले यस बर्षको विपतमा जुम्लामा २ हजार भन्दा बढी घर क्षेति भएका, र १० जना मानिसको मृत्यू बताएका छन । त्यस्तै करोडौको खेतियोग्य जमिन बर्षा सहितको बाढिले क्षेति पुरयाएको छ ।

 

सम्बन्धित समाचार