जुम्ला ः नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ बार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन सम्पन्न भएको छ । तातोपानी गाउँपालिका – २ स्थित पर्यटकीय क्षेत्र तातोपानी धाराको प्रांङ्गणमा बुधबार सम्पन्न भएको हो । महासंघको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको बार्षिक साधारण सभा तथा तातोपानी मिडियो सम्मेलनले ७ बुद्धे घोषणा पत्रसमेत जारी गरेको छ ।
त्यस्तै उक्त घोषणा पत्रमा भनिएको छ, नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको यस साधारणसभा तथा मिडिया सम्मेलनले जुम्ली पत्रकारहरुको हक, हित संरक्षण तथा पेशागत सुरक्षाको लागि पहलको थप प्रतिवद्धता गर्दछ । राज्य र सरोकारवाला निकाय सँग पत्रकारको सुरक्षाको सुनिश्चतताको माग गर्दछ ।
राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर स्थानीय समाचारदाता पत्रकारलाई तलवी बनाउन राष्ट्रिय स्तरका संचारगृह सवैलाई अपिल गर्दै स्टेञ्जर प्रथाको अन्त्य गर्न यो साधारण सभा जोडदार माग गर्दछ ।
दुर्गम क्षेत्रका पत्रकारहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिन तथा स्थानीय सञ्चार माध्यामको लोककल्याणकारी विज्ञापनमा दुर्गमका संचारमाध्यामलाई दोब्बर बढि सहित प्राथमिकता दिन माग गर्दछौ ।
राष्ट्रिय मिडियाको विज्ञापन स्थानीय स्तरकै मिडियामा सूचना प्रवाह गर्ने बिषयमा जोड दिन माग गर्दछौ । ऐतिहासिक पर्यटकीय केन्द्र तातोपानीको पर्यटन प्रर्वधनको प्रचार प्रसारमा जोड दिदै यहाँको आवश्यक पूर्वाधार निर्माणका लागि बृहत योजना सहित बजेटको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारलाई साधारणसभा तथा यो मिडिया सम्मेलन हार्दिक अपिल गरेको छ ।
स्थानीय तहमा निर्माण गरिने संचार सम्वन्धी कानून निर्माणमा सहजता तथा समन्वय गरि प्रेस स्वतन्त्रताको सुनिश्चत सहयोग गर्न जुम्लाका स्थानीय तहसँग जारी घोषणा पत्रममार्फत माग गर्दछ ।
तातोपानी साधारसभा तथा मिडिया सम्मेलन दुर्गमका महिला पत्रकारको क्षमता अभिबृद्धि, प्रोत्साहन तथा पुरस्कारका कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयलाई जोडदार माग गर्दछ । तातोपानी लगायत जुम्ला जिल्लामा रहेका समग्र पर्यटकीय क्षेत्र प्रवर्धनार्थ तिनै तहका सरकारलाई लगानीका लागि यो साधारसभा तथा मिडिया सम्मेलनमार्फत ध्यानाकर्षण गरिएको छ ।
पत्रकारका हक अधिकार, पेशागत सुरक्षाका बिषय र तातोपानी धारालाई पर्यटकीय प्रवर्धनमा जोड दिने उद्देश्यले महासंघको १९ औ साधारण सभा तथा तातोपानी मिडिया सम्मेलनको आयोजना गरिएको महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।
त्यस्तै पत्रकारको सुरक्षा र संरक्षण राज्यले नै गर्नु पर्ने दायित्व रहेको महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईले बताए । उनले भने,’धेरै जोखिम अवस्थामा काम गर्दै आउनु परेको छ । यस विषयमा राज्यको ध्यानाकषर्ण गर्दै आएका छौँ ।उनले भने पछिल्लो चरणमा कतिपय स्थानीय सरकारले आफ्नो गुनगान गाउनका लागी मात्रै संञ्चारगृह खोल्ने काम गर्न थालेको बताए । उनले भने, स्थानीय सरकारले संञ्चारमाध्यम खोल्ने तर्फ ध्यान जानु भन्दा भएका संञ्चारमाध्यम संग सहकार्य गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै विकास निर्माण तथा अन्य गतिविधिमा महासंघसँग समन्वय तथा सहकार्यमा काम गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने पयर्टन प्रवद्धन तथा प्रसारप्रसारका विषयमा महासंघसँग सहकार्य हुने गरेको छ ।तातोपानी गाउँपालिका जुम्लामा गिडीदह सम्मेलनमा महासंघसँग सहकार्य गरिएको थियो । निकै लामो समय देखि गुमनाम अवस्थामा रहेको गिडी दहको उजागर भएको छ । गिडीदहको पर्यटन प्रवर्धनका लागि भौतिक पूर्वाधार निर्माण जोड दिने छौँ । यस्तै यसै पालिकामा पर्यटकीय क्षेत्र तातोपानी राधा रहेको उनले बताए । उनले भने यहाँको पर्यटन प्रवर्धन गर्नैका लागि महासंघसँग सहकार्य गरिएको हो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पर्यटकीय केन्द तातोपानीको बस्तुगत अवस्था बुझ्ने र पर्यटकीय प्रवर्धन गर्न आबश्यक रहेको छ । उनले भनिन तातोपानीमा नुहाउन आउने महिलाको लागी सुरक्षित स्थान नभएको बताइन । उनले भनिन यस्तो ब्यवस्थाले महिला हिंसा जस्ता गतिबिधि बढ्न सक्ने देखिन्छ ।
साधारणसभामा नेपाल पत्रकार महासंघ जन्माउने संस्थापक र ज्येष्ठ पत्रकार र पुर्व पदाधिकारीलाई सम्मान समेत गरिएको छ ।
जुम्लाको ऐतिहासिक पर्यटकीय केन्द्र मध्यको एक तातोपानीधाराको पर्यटन प्रर्बधनको लागी पहिलो पटक पत्रकारमहासंघले सधारण सभा तथा तातोपानी मिडिया सम्मेलन आयोजना गरिएको हो ।