गुल्मी १ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेसका भण्डारी निर्वाचित

काठमाडौं । गुल्मी–१ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन् ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका भण्डारी ३२ हजार २२७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञवालीले ३० हजार ९३५ मत पाए ।

यसअघि २०७४ सालको निर्वाचनमा भण्डारी एमालेका ज्ञवालीसँग पराजित भएका थिए । निर्वाचनमा हार स्वीकार गर्दै ज्ञवालीले हारको जिम्मेवारी आफैँले लिने बताएका छन् । ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ,ु उनले भनेका छन् ।

सम्बन्धित समाचार