जुम्लामा आगलागीबाट १७ कोठे घर जलेर नष्ट

जुम्ला :जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको १७कोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कायालय जुम्लाले जनाएको छ । जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चारतले १७ कोठे घर जलेर नष्ट भएको छ ।
त्यस्तै घरमुली नरेन्द्र खत्रीका अनुसार गएराति २ः३० बजे आगलागी भएको हो ।प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको पाइएको छ ।त्यस्तै आगलागीबाट अन्न, लत्ता कपडा, भाडा कुडा र महत्वपूर्ण सामान जलेर नष्ट भएको चन्दननाथचारका वडाध्यक्ष रतन खत्रीले बताए ।प्रहरीले घटनाको मुचुल्का भएको जानकारी दिएको छ ।घटना पछि चन्दननाथ नगरपालिकाले वैठक बसेर ६० हजार तत्कालका लागि राहात दिने निर्णय गरे वडाध्यक्ष खत्रीले बताए ।

त्यस्तै आग्लागीको घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा वैठक समेत बसेको थियो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक वैठक वैठक बसेर आबश्यक राहातको लागि छलफल भएको बताए ।उनका अनुसार जिल्ला प्रशासनमार्फत दिइने बिपद राहत २५ हजार दिइने छ ।

 

सम्बन्धित समाचार