काठमाडौं । नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधिसभा विजयी भएका छन्। सत्तागठबन्धनका साझा उम्मेदवार शाहीले २४ हजार ४७४ मत पाएका छन्।
शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै विजय भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।
यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् । माओवादीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउँछन् ।