काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी मञ्जु शर्मालाई पछि पार्दै निर्वाचित भएका हुन् ।
पौडेलले शर्मालाई ४ हजार ५९९ मतले पछि पारेका हुन् । यससँगै पौडेल लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।
पौडेलले २४ हजार ७७९ मत पाउँदा शर्माले २० हजार १८० मत पाइन् ।