काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
भट्टराई २१ हजार ९ सय ४६ मतका साथ विजयी हुँदा बुढाथोकीले २१ हजार ७ सय ३८ मत मात्र पाए ।
सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गर्दै भट्टराई लगातार दोस्रोपटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।