बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बागलुङबाट उनी २१४५१ मतका साथ निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार केसी निर्वाचित हुँदा एमालेका निवर्तमान सांसद १८८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय जनमोर्चाको यो पहिलो जित हो ।

सत्ता गठबन्धनबाट २ सिट भाग परेर २ स्थानमा मात्र उम्मेदवार उठाएको जनमोर्चाकी अर्की उम्मेदवार दुर्गा पौडेल प्युठानमा एमाले उम्मेदवार सूर्य थापाभन्दा पछाडि परेकी छन् ।

सम्बन्धित समाचार