काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।
झापा १ बाट शर्माले ३९ हजार ६२४ मतसहित निर्वाचित भएका हुन् । एमालेका खरेलले २५ हजार ३४९ ल्याएका छन् ।
शर्माले यो क्षेत्रबाट लगातार दुई पटक पराजय व्यहोरेका थिए । तर, तेस्रो पटकमा भने उनले फराकिलो मतान्तरले जित निकाले ।