पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए ।

जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

सम्बन्धित समाचार