काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा दुई जना बहालवाला मन्त्री पराजित भएका छन् । पराजित हुने मन्त्रीहरूमा संस्कृति पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र ऊर्जामन्त्री पम्फा भुसाल रहेका छन् ।
मन्त्री श्रेष्ठ काठमाडौँ–८ बाट नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार रहेका थिए । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ सो क्षेत्रमा तेस्रो स्थानमा सीमित बने ।
उता ऊर्जामन्त्री भुसाल ललितपुर–३ मा पराजित भइन् । गत निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनी पनि तेस्रो स्थानमा सीमित बनिन् ।