सुर्खेत २ मा कांग्रेस नेता हृदयराम थानीले विजयी

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । थानीले एमालेका जिल्ला अध्क्ष अमृत कुमार विसीलाई पजारीत गरेका हुन् । थानीले ३४ हजार ६२५ ल्याएका छन् । विसीले २९ हजार ५ सय ५८ मत ल्याए । थानीले ५ हजार ६७ मतान्तरले विजयी भए ।

थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।

सम्बन्धित समाचार