काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नहुने बताएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गदै देउवाले यो गठबन्धनले जिते ५ वर्ष नै संसद चलाउने भंग नगर्ने बताए ।
‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’
आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उनले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताए ।
समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने उनले बताए ।
चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नवलपरासी आएका हुन् ।