यो चुनाव कौरव र पाण्डवबीचको लडाइ हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव गौरव र पाण्डवबीचको लडाई जस्तै भएको बताएका छन् ।
प्रचण्ड यतिमा मात्र रोकिएनन यो चुनाव महासंग्राम र जनमत संग्रह पनि रहेको दाबी गरे ।

नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।

‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’

प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगै सहभागी हुन नवलपरासी आइपुगेका हुन् ।

सम्बन्धित समाचार