जुम्ला ः मंशिर ४ को निर्वाचन नजिकीदै गर्दा चुनाबी चहलपहल बढेको छ । जुम्लामा नेपाली काग्रेसका बागी उम्मेदवार अर्थात स्वतन्त्र उम्मेदवारीनै सत्तारुढ गठवन्धनलाइ चुनौति बढको हो । सत्तारुढ गठवन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जु्म्लामा नेपाली कांग्रेसका शक्तिशाली नेताहरुको उम्मेदवारी कायमै भएपछि गठवन्धमा त्रास फैलिएको छ ।
जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा सत्ता गठवन्धन संघमा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र (ख) मा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य पदम रोकाया उम्मेदवार बनेका छन् ।
प्रदेश )क) र (ख) मा क्रमश नेपाली कांग्रेसका नेताहरु देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारीले पछिल्लो समय सत्ता गठवन्धनलाई त्रास बढेको पाइन्छ ।
प्रदेश (क) मा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेको स्थानमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता नलिएपछि त्रास बढेको हो ।यद्यपी शाहीलाई कांग्रसले कारवाही गरिसकेको बताएको छ । कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही विरुद्ध देवेन्द्रबहादुर शाहीको उम्मेदवारीले प्रदेशमा कांग्रेसका मत वाडिने देखिन्छ तर संघको उम्मेदवारलाई समेत त्रास बढेको स्थानीय बताउछन् ।
प्रदेश (ख) मा गठवन्धनका तर्फबाट एकिकृत समाजवादीका नेता तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकाया आधिकारिक उम्मेदवार हुन तर नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतको तर्फबाट स्वतन्त्र उम्मेदवारी कायमै रहेपछि प्रदेश (ख) मा पनि गठवन्धनलाई त्रास बढेको छ ।
तिला गाउँपालिका निवासी वस्नेत नेपाली कांग्रेसका महासमिति सदस्य तथा तत्कालिन क्षेत्रीय सदस्य भएका पुराना नेता हुन् । उनले नेपाली कांग्रेसका केही मत काट्ने त देखिन्छ नै तर ठूलो प्रभाव राख्ने हो कि भन्ने गठवन्धनलाई त्रास बढको छ ।
प्रदेश (क) र (ख) मा कांग्रेसका वागी उम्मेदवारले संघमा समेत प्रभाव राख्ने अर्को चुनौति देखिएको छ । कांग्रेसको स्वतन्त्र उम्मेदवारीका कारण कांग्रेस आफैलाई प्रदेश (क) मा केही घाटा हु्ने देखिन्छ, तर यसले गर्दा गठवन्धन तर्फका संघका उम्मेदवार गोमा कुँवरलाई समेत प्रभाव पार्ने बजारमा चर्चा छ ।
यद्यपी प्रदेश (ख)ं मा शक्तिशाली मानिने नेपाली कांग्रेस जुम्लाका पूर्व सभापति दिपबहादुर शाहीले भने उम्मेदवारी फिर्ता गरिसक्नु भएको छ । संघमा माओवादीको उम्मेदवार हुनु र प्रदेश (ख) मा तिला गाउँपालिका निवासी कांग्रेसका नेता धनबहादुरबहादुर बस्नेतको उम्मेदवारीले गठवन्धनमा त्रास भएको हो । भर्खरै माओवादीले गरेको राज्य स्तरका नेताहरुको उपस्थितिको वैठकले पनि धेरैले नेतृत्वलाई कांग्रेसको वागी उम्मेदवारका कारण शंका लागेको भन्दै नेतृत्वलाई सुझाव दिएका एक नेताले बताए ।
स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीका अनुसार हिजो हार्ने वेलामा टिकट दिएको थियो । तर अहिले संघमा उम्मेदवारको टिकट आफुले पाउनु पथ्र्यो । अहिले कांग्रेसले संघमा मत बढि भएको समयमा शक्तिको आधारमा टिकट किनवेच भएको आरोप लगाए । आफ्नो उम्मेदवारी अन्यायका विरुद्ध भएको बताए । उहाँले आफु मात्रै नभई कांग्रेसका अन्य नेताहरुलाई प्रदेशमा टिकट दिएको भए आफु वागी उम्मेदवार नहुने जोड दिए ।
प्रदेश (क) कांग्रेसका स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत आफुले २०२९ सालबाट कांग्रेसको राजनिति गरेर यहाँ पुग्दा पार्टीले विश्वास नगरेकोले आफ्नो उम्मेदवारी परेको बताए । बस्नेतले ३,४ पटक क्षेत्रीय सदस्य, २ पटक गाविस अध्यक्ष सहित सामाजिक सेवा गरेकाले योग्यता पुग्थ्यो तर यस पटक पनि पार्टीले स्थान नदिएकोमा कांग्रेस समर्थक जनता मात्रै नभई सवैले आफुलाई सहयोग गर्ने उहाँको भनाई छ ।
सिंजा गाउँपालिका १ निवासी नन्दराज धिताल भन्नु हुन्छ, माओवादीले ईमान्दार तरिकाले गठवन्धनलाई मत हाल्छ तर कांग्रेसका वागी उम्मेदवार भएकाले त्रास बढेको देखिन्छ ।
गठवन्धनका उम्मेदवारले भने अव जीत नजिक पुगेको दावी गर्दै आएका छन् । नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रदेश (क) का उम्मेदवार ललितजंग शाहीले वागी उम्मेदवार सानो चोईटोको रुपमा भएकाले अव कांग्रेसका समर्थहरु सवै गठवन्धनलाई एकसाथ मतदान गर्ने बताए ।
त्यस्तै प्रदेश (ख) मा गठवन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता पदमबहादुर रोकायाले संविधान रक्षाका लागि बनेको गठवन्धन बिजय हुने र आफुले जितेमा गठवन्धनकै लागि काम गर्नेमा जोड दिए ।
यता सत्ता गठवन्धन संघका उम्मेदवार गोमा गौतम कुँवरले एक फन्को करिब गाउँ मतदाताको घरदैलोमा जादा गठवन्धन बिजय हुने निश्चित भएको दावी गरिन । उनले व्यवस्थाको अगाडि एक व्यक्ति प्रदान नभएकाले गठवन्धनको बिजय गर्न सवै परिवर्तनकारी नागरिक एक मत भएकोमा बताइन ।