जुम्ला ः जुम्लाको केही बस्तीहरुगाउ अहिले पनि संञ्चार बिहिन थिए । तर मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जुम्लाको कनका सून्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखीएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार निर्वाचन नजिकिदै गर्दा केही ठाउमा टावर नहुदा समस्या भएकाले यस्तो पहल गरिएको हो ।उनले भने,” निर्वाचन सुरक्षालाइ मध्यनजर गरी जुम्लाको पातारासी र कनकासन्दरी गाउपालिकामा नेपाल टेलिकमको टावर राखिएको छ । प्रजिअ केशरीका अनुसार सम्बन्धीत पालिकाको सहयोग र प्रशासनको पहलमा काठमाण्डौँ बाट टोली बोलयर टावर राखिएको हो ।
त्यस्तै कनका सुन्दरी गाउँपालिका ६ वडामा रहेको बिटराटदरवारमा राखीएको स्थानीय दिपेन्द्र उपाध्यायले बताए ।उनले भने,”यस अघि त्यो ठाउमा फोन नलाग्ने समस्या थियो । पालिकाको सहयोग र जुम्लामा प्रशानको पहलमा टावर राखिएको थियो ।
त्यस्तै पातारासीको डिल्ली चौरमा टावर राखेको नेपाल टेलिकमक शाखा प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनका अनुसार पातारासीको केही बस्तीमा फोन सेवा थिएन । त्यहाका नागरिकलाई फोन सेवा दिनका लागी टावर जडान गरिएको हो ।
प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्र्क नर्ग सजिलो हुने त्यहाका स्थानीयले फोन सेवा लिन पाउने भएका छन । तर यहाको नेपालटेलिकमको क्षमता बढाउन आबश्यक छ । उनले भने, टेलिकमले साना समस्या आउदा पनि एक हप्ता दिन सम्म सेवा अबरुद्ध हुने समस्या समाधानका लागी नेपालटेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ ।