महिला मतदाताले मतदियर चुनाव जिताउछन : गोमा गौत्तम कुंवर

जुम्ला ःगठबन्धनको तर्फबाट जुम्लामामाओवादी केन्द्रले गोमा कुँवरलाइ प्रतिनिधि सभा सदस्यको लागी साझा उम्मेदवार बनाएको छ ।कर्णाली प्रदेशकै ठुलदलको तर्फबाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवारी बनेकी महिला नेतृ गोमा गौत्तम कुंवरले महिला मतदाताले उम्मेदवार छनोट गर्दा आफ्नो पाक्षमा गर्ने बताउछिन । महिलाले आफ्नो विवेक प्रयोग गरेर महिला उम्मेदवारलाई मत दिने उनको बिश्वास छ ।

गोमा यतिबेला मतदाता मनरिजाउनका लागी घरदैलो अभियानमा छन । आफ्नो अधिकार प्रयोग गर्नका लागि आफ्नै विवेक प्रयोग गरेमा महिला उम्मेदवारको जित सुनिश्चितता हुने उनको भनाइ छ ।कुंवरले भनिन,आगामी हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला बाट कर्णालीमा प्रत्यक्षतर्फ म महिला उम्मेदवार रहेकाले पनि महिला मतदाताले आफुलाई साहनुभुती मत दिने बताइन ।

जुम्लामा यतिबेलाको मौसम चिसो हुने भएकाले जाडो छल्लन र रोजगारीको सिलसिलामा भारत जाने चलन छ । यस कारण यहाका निणर्यक मतदाता महिलानै हुन । जुम्ला सिजाक्षेत्रमा धेरै दाजुभाइहरु खेतीपातीको काम सकेर भातरतिर लाग्ने क्रम जारी छ ।

गोमा भन्छिन ,महिला उम्मेदवारलाई जिताउन महिला मतदाता अझ बढी सक्रिय हुनु पर्ने आबस्था छ । उनले भनिन ,अबका महिला आफ्ना मुद्दाका लागी सचेत भइसके । उनी भन्छिन्, ‘उनीहरु आफ्नो अधिकारको निर्णय आफैले गर्न तयार छन । उनी आफु निर्वाचत भएपछि जुम्ला मात्र नभई समग्र कर्णालीका महिलाका हक अधिकारका सवालमा काम गर्ने प्रतिबद्धता गरिन ।
महिला नेतृत्वमा पुगे महिलाका मुद्दा उठान हुने

कर्णालीका महिलाहरुमा व्याप्त घरेलू हिंसा छ ।आफ्नो तिज पछि महिला माथी हुने हिंसा न्यूनीकरणका लागि पनि घरदैलो अभियानमा आउने बताइन । जुम्ला लगायत कर्णालीमा गरिवी र अशिक्षाको कारण यहाँ बालविवाह बढ्दो छ । यसलाई विशेष योजना बनाएर न्यूनीकरण गर्न सरकारी स्तरबाटै पहल गर्ने छु ।महिलाको अर्थपूर्ण रुपमा नेतृत्व तहमा पुगेमा मात्र महिलाका मुद्धाहरु समाधान हुने उनको भनाइ छ । महिला नेतृत्वमा नपुग्दासम्म महिलाका मुद्दा उठान हुन नसक्ने उनको दाबी छ ।

माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गर्दै गोमा यसअघि राज्यमन्त्री समेत बनिनेकी थिइन । उनले संबिधान बनाउदा महिला ,बालवालिका ,दलितका लागी ब्यवस्था गरेका कानुनी ब्यवस्था कार्यन्वयन गर्नका लागी आफ्नो महत्वपुण भुमिका रहने बताइन । गोमा २०५६ सालदेखि माओवादी राजनीतिमा लागेकी थिइन । १० वर्षे जनयुद्वका समयमा गोमाले पार्टीमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरिन् ।

प्रतिनिधि सभाका लागि कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् । गठवन्धन दलका रुपमा रहेका नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) को भागवण्डा बमोजिम जुम्लामा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रकी गोमा मौत्तम कुंवर उम्मेदवार बनेकी हुन ।

सम्बन्धित समाचार