जुम्लामा स्कुलबसको ठक्करबाट एक वालकको ज्यान गयो

जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गएको छ । चन्दननाथ नगरपालिका ९ उमगाडमा पैदल हिडिरहेको बच्चालाई ठक्कर दिएको थियो । भे १ क ३८२ नम्बरको कनिका निसा वोडिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार बच्चा छोडेर घर फर्किदै गरेको समयमा विहीवार वेलुकी बाटो क्रस गर्न खोज्दा ११ बर्षिय वालक राजेश गिरीलाई ठक्कर दिएको थियो । वालक गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा निधन भएको हो ।
बसले ठक्कर दिएपछि स्थानीयले कर्णाली राजमार्गको सो खण्डमा हिजो देखी आन्दोलित हुदा अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध भएपछि चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाई, स्थानीय वडा सरकार, प्रहरी र स्कुलका सञ्चालकको उपस्थितिमा क्षेतिपुर्ति उपलब्ध गराउने, एक जनालाई वोडिङमा रोजगार दिने सहितका सहमति पछि राजमार्ग खुलेको स्थानीय तुलाराज गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार