गठवन्धनमय बन्दै जुम्लाको चुनाबी माहोल : माओवादीले धिताल र न्यौपानेलाई बनायो चुनावी कमाण्डर


जुम्ला : पछिल्लोसमयमा जुम्लाको जिल्लाको निर्वाचनको माहोल गठबन्धनको पक्षमा बन्दै गएको माओवादी केन्द्र जुम्लाले जनाएको छ । आगामी मंशिर ४ गते निर्वाचन नजिकिदै जादा तिब्र गतिमा प्रचार अभियान थालेपछि चुनावी माहोल गठबन्धनको पक्षमा बन्दै गएको माओबादी केन्द्रले दबी गर्दै आएको हो ।  गठवन्धनको जिताउनका लागि भन्दै पार्टीको आन्तरिक प्रचार अभियानको गति तिब्र गतिमा अगाडी बढाइएको छ ।

माओवादी केन्द्र जुम्लाको आयोजनामा वुधवार बसेको आन्तरिक जिल्ला स्तरीय अगुवा कार्यकर्ताको वैठकले निर्वाचनमा प्रचार प्रसार अभियान तिब्र र व्यवस्थित बनाउन चुनावी कमाण्डर तोकिएको छ । जसमा प्रदेश (क) मा वैकल्पिक केन्द्रीय सदस्य नवराज न्यौपाने र प्रदेश (ख) मा प्रवास समन्वय समितिका सदस्य मनऋषि धिताल सहितको टिमलाई खटाएको छ ।

त्यस्तै कर्णाली प्रदेश अध्यक्ष विमला केसी, पोलिटब्यूरो सदस्य नरेश भण्डारी, नेता मनऋषि धिताल, जिल्ला संयोजक विरबहादुर कुँवर सहितका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा चुनाबी प्रचार कार्यक्षेत्र विभाजत गरिएको हो ।

उक्त बैठकले चन्दननाथ नगरपालिकामा बिष्णुबहादुर महत, गुठिचौर गाउँपालिकामा भवानी प्रसाद अधिकारी, तातोपानीमा लक्ष्मी उपाध्याय, पातारासीमा हरिबहादुर बुढालाई चुनावी ईन्चार्ज तोकिएको पार्टी संयोजक बिरबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार कनकासुन्दरीमा सुर्यमणी हमाल, हिमामा रजबहादुर शाही लगायत जुम्लाका आठ वटै पालिकामा चुनावी प्रचार कमाण्डर तोकिएको छ ।

माओवादीले सोही अनुसार तालिका बनाएर स्थानीय तहमा समेत खटिएको छ । माओवादी नेता नरेश भण्डारीका अनुसार पालिका तहका नेतृत्वले वडाको कमिटी चाडै बनाउने, वडाले गाउँ कमिटि बनाएर अगाडि बढ्न निर्देशन गरिएको छ । माओबादीको बुधबार बसेको ६ घण्टा लामो वैठकमा जुम्लाले हाल सम्मको गम्भिर समिक्षा गर्र्दै चुनावमा गठबन्धन जिताउन खटिन र माओवादीको समानुपातिक मत समेत बढाउन निर्देशन गरेको छ । नेता भण्डारीले माओवादीको ब्राण्ड निर्देशन र ईमान्दारीता भएकाले सो पालन गर्न मैदान गई गठवन्धनको बिजय गराउने सन्देश वोकेर अगुवा कार्यकर्ता गाउँ फर्किएको बताए ।

त्यस्तै वैठकमा कर्णाली प्रदेश अध्यक्ष केसीले व्यक्ति को हो ? त्यो बिषय प्रधान नभई पार्टी र व्यवस्थाको रक्षाका लागि खास माओवादीको रुप देखाउन निर्देशन दिनु भएको पार्टी स्रोतले जनाएको छ ।नेता मनऋषि धितालले मंशिर ४ को यूद्धमा जित हाशिल गर्न कार्यकतालाई अनुरोध गरे ।
उनले वैठकमा स्थानीय तह निर्वाचन, समानुपातिक उम्मेदवार सिफारिस, हाल निर्वाचनका वेला भईरहेका गतिविधिको बिषयमा बहृत छलफलमा अगुवा नेता कार्यकर्ताबाट आएका बिषयको समिक्षा भएको,बताए । उनले माओबादीले आत्मआलोचना सहित आगामी दिनमा पार्टी विरासत जोगाउन एक ढिक्का भएर वैठक समापन गरेको छ ।

 

 

सम्बन्धित समाचार