निर्वाचनिर्वाचनकै मुखमा जुम्लाको संचार सेवा अबरुद्ध

जुम्ला ःआसन्न मंसिर ४गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गएको छ ।निर्वाचनलाई स्वच्छ,निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु संचार जगतको मत्वपुर्ण भुमिका छ।मतदाताको गुनासो सुनुवाई गर्नु,उम्मेदवारका एजेण्डा बाहिर ल्याउनु,निर्वाचन केन्द्रित अन्य गतिविधिको सत्य तथ्य समचार सम्प्रेषण गर्नु संचार क्षेत्रको दायित्व पनि हो ।

तर संघ र प्रदेश सभाको चुनाव नजिकीदै गर्दा जुम्लामा एक सातादेखी संचार सेवा अस्तव्यस्त भएको छ । ंईन्टरनेट सेवा र भ्वाइसकल पुर्ण रुपमाअबरुद्ध भएको छ । भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्थी भएको छ ।
भ्वाईसकल र इन्टरनेट सेवा अबरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशन लगायतका कामहरु प्रभावित भएका छन् । भ्वाईसकलमा कुरा नबुझिने,फोन नलाग्ने,नाम मात्रको फोरजी देखिने टुजी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् ।

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आएपनि पटक पटक अबरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ ।
संचार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासंघ जुम्लाले विहिबार जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत नेपाल दुरसंचार प्राधिकरण,नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ती बुझाउदै संचार सेवा सुधारका लागि ध्यानकर्षण गराइएको छ ।

विज्ञेप्तीमा भनिएको छ,“जिल्लामा फोरजी सेवा सञ्चालन भएपनि टुजी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटक पटक अबरुद्ध हुँदा सरकारी तथा गैर सरकारी कामकाज, निर्वाचन तयारीको काम र संचारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथा सक्यसमधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।”

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्लाको संचार सेवा दयनीय भएकोले सुधारका लागि पहल भईरहेको बताए ।क्षामता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकोले चिमारा र माइथाप्लामा क्षामता बृद्धिको लागि काम भईरहेको उल्लेख गरे ।
त्यस्तै पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले चुनाव नजिकीदै गर्दा जुम्लामा संचार सेवा अबरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको बताए । सार्वजानिक चासोको विषयलाई उजागर गर्न महासंघले ध्यानकर्षण गराएका छौ । चाडै सुधार नभए अन्य दबाबका कार्यक्रम अघि बढाउने अध्यक्ष शाहीको भनाई छ ।

यता नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियू र ओडियू सिस्टममा समस्या आएको बताए । नयाँ मेसिन जडाको काम भईरहेकोले शुक्रबार साँझबाट सुधार हुने श्रेष्ठको दाबी छ ।

 

सम्बन्धित समाचार