जुम्ला ः गठबन्धानको र्फतबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले यस पटकको गठबन्धन जन्ताको बिकास र समृद्धीको लागी भएको बताए । उनले जुम्लाका आम जन्तालाई गठबन्धनलाइ जिताएको खण्डमा जुम्ली जनताले पछुताउने दिन नआउने बताए । जुम्लाको तीन दलीय गठन्बन्धनका तर्फबाट जुम्ला निर्वाचन क्षेत्र (क)बाट उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएको बताए । गठबन्धनको साथले बहुतम पाएर जित्ने दाबी गरिरहेका शाहीले जुम्लाका आधारभूत विकासका मुद्दालाई प्रथामिता दिएका छन ।
स्वास्थ्य,शिक्षा,खानेपानी,सडक,कृषि,पर्यटन,सिचाँई लगायतका क्षेत्रको आधारभुत विकास र नीति निर्माण तथा विगतमा लक्ष्य राखेर पहल गरेर हुन नसकेका अघि अपुरा जलविधुत उत्पादन,तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने एजेण्डा अघि सारेका छन् ।
नेता कार्यकर्ताले जितपछि कर्णाली प्रदेशको सम्भावित मुख्यमन्त्रीका रुपमा शाहीलाई अघि सारिएको भन्दै गर्दा उम्मेद्वार शाही भने यसबारे आफुले बोल्न नमिल्ने बताउनु हुन्छ । पार्टि एक्लै चुनाव लडेको भए बेग्लै कुरा हो । अहिले गठबन्धन छ । मंसिर ४ पछि पनि गठबन्दन दलकै सरकार बन्छ । उनले भने ”गठबन्धनका तीनै उम्मेदवारको जीत सुनिश्चित छ । जनताका असिमित आबश्यकताहरु छन्,स्रोत साधन सिमित छन् । घरदैलोका क्रममा जनताका वास्तविक गुनासा,समस्या माग र आबश्यकता बुझ्ने,सुन्ने र नियाल्ने गरेको छु ।
शाही भन्छन,”गठबन्धन प्रति म पुर्ण विश्वस्त छु । यसमा कुनै शंका छैन् । जनता पनि विचारमा विचलित भएको देखिदैन् । विगतमा पनि जुम्लाको विकास र निकासका लागि मेरो योगदान र पहल कतै कमि छैन् । अहिले पनि जनताका आधारभुत विकासका मुद्दालाई प्रथामिकता दिएको छु । जनताको सेवक बन्न अठोट गरेको छु । त्यसैले पनि जित्नेमा कुनै दुविधा छैन् ।”
शाहीले गरेका उल्लेखीय काम
ललितजंग शाही २०७० सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट जुम्लादेखि विजय भएर सिंहदरबार प्रबेग गर्नु भयो । प्रत्यक्षमा बहुमत ल्याएर शाही जित्दा माओबादि,एमालेले पराजय भोग्नु परो भने,समानुपातिकमा चित्त बुझाउनु परेको थियो । मुख्यतयाः मुलुकको संविधान निर्माणदेखि जारी प्रक्रिया सम्म उनको महत्वपुर्ण भुमिका र योगदान रह्यो । त्यसका साथै जुम्लाको विकासका लागि उल्लेखीय काम तथा पहल भएको शाहीले बताए ।
दोस्रो,साविक कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाको १० नम्बर वडा सदरमुकाम आउन यातायात पहुँच नहुँदा सास्ती भोगिरहेको अबस्था नयाँ बसपार्क नजिक पक्की पुल निर्माण शाहीकै पहलमा निर्माण भएको छ ।तेस्रो,तिलाको त्रिवेणी हुँदै ताम्ती टोप्ला जाजरकोट जोड्ने पक्की पुल निर्माणका लागि पनि आफ्नो पहल रहेको शाहीको दाबि छ । चौथो,जुम्ला उर्थु,पटमारा,बुलबुले रारा सडकको ट्रयाक खोल्न २०७० मा शाही माननीय हुँदा आफुले पहल गरेर निर्माण थालनी भएको ।