जुम्ला ः कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रका अध्यक्ष विमला केसी, सहितको गठबन्धनको टोली जुम्ला पुगेको छ । मंशिर ४ को निर्वाचनमा गठवन्धनको अवस्था बुझ्न जुम्ला पुगेको हो । कर्णाली प्रदेशमा गठवन्धनका शिर्ष नेताहरु निर्वाचनमा आफ्नो वास्तविक अवस्था बुझ्न शुक्ष्म अनुगमन गर्दै हिडेको बताएका छन ।
त्यस्तै कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रका अध्यक्ष विमला केसी, नेपाली कांग्रेसका महामन्त्री कृष्ण रोकाया, एकिकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्र प्रसाद पुरी सहितको टोलीले निर्वाचनमा गठवन्धन जिताउनका लागी कर्णाली प्रदेशकासबै जिल्लामा अनुगमन गरिरहेको हो ।
त्यस्तै नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष विमला केसीले निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक हुन ।उनले मंशिर ४ को निर्वाचनमा गठवन्धन जिताउनका लागि अनुगमन टिम कर्णालीका सवै जिल्लामा पुगेर अनुगमन तथा भेटघाट छलफल गर्ने उद्देश्यले जिल्ला दौडाहमा रहेको बताइन । उनले अनुगमनका क्रममा टोली जुम्ला पुगेको र गठवन्धनका नेतृत्वहरु, बिच पार्टीगत छलफल समेत भएको बताइन ।
अध्यक्ष केसीका अनुसार सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरेको छ । जुम्लामा अनुगमन टिमले पार्टीको दुई तहको नेतृत्व, नागरिक र स्वतन्त्र व्यक्ति सँग समेत निर्वाचनमा गठवन्धनको अवस्थाका छलफल गरेको छ ।
गठवन्धनका नेताहरु माओवादीका कर्णाली अध्यक्ष केसी र काग्रेसका प्रदेश महामन्त्री रोकायाले आ आफ्नो पार्टी सँग पनि छलफल गरेका छन् ।
माओवादीका अध्यक्ष केसीले माआादीका जनबर्गिय विभिन्न पक्ष सँग समेत छलफल गरेर निर्वाचनको जिल्ला स्तरका अगुवा कार्यकर्ताको आन्तरिक वैठक सम्पन्न भई आवश्यक जिम्मेवारी दिईएको छ । अध्यक्ष केसीले भनिन, अव कुनै पनि हालतमा गठवन्धनका उम्मेदवार जित्ने गरी काम गर्न कर्णालीका सवै जिल्लामा तिन जनाको अनुगमन परिचालन समिति हिडिरहेको छ ।
त्यस्तै नेपाली कांग्रेसका प्रदेश महामन्त्री कृष्ण रोकायाले अहिलेको निर्वाचनमा गठवन्धनको बिजय भएमा मात्रै संविधान र संघीयता जोगाउने भएकाले गम्भिर भएर निर्वाचन सफल बनाउन अनुमनमा निर्देशन गरिएको बताए ।उनले माओवादीका प्रदेश अध्यक्ष केसी, पोलिटब्यूरो सदस्य नरेश भण्डारी सहित जिल्ला स्तरका उच्च तहका नेतृत्वको उपस्थित वैठकले गहिरो समिक्षा गर्दै क्विक निर्वाचन परिचालन कमिटि सहितको जिम्मेवारी दिएको छ । वैठकमा माओवादी जुम्लाका दोस्रो तहका नेताहरुले माओवादीको मत गठवन्धनका लागि सुरक्षित हुने तर गठवन्धन सँग थप चुस्त हुनुपर्नेमा सुझाव दिएका छन् ।
यसैगरी जुम्लामा प्रदेश (क) मा वैकल्पिक केन्द्रीय सदस्य नवराज न्यौपाने र प्रदेश (ख) मा प्रवास समन्वय समिति संयोजक मनऋषि धितालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।यसैगरी जुम्लाका सवै पालिकामा निर्वाचन परिचालन ईन्चार्ज समेत तोकेर कार्ययोजना समेत बनाई गाउँ पठाईएको माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीले जानकारी दिए ।उनका अनुसार अव पालिका स्तरका ईन्चाज सँग पालिका स्तरकै नेता कार्यकर्ता जोडिएर वडास्रतका कमिटि वन्ने र वडाको नेतृत्वमा गाउँ निर्वाचन परिचालन कमिटि परिचालन हुने निर्देशन गरिएको छ ।
जुम्लामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओबादी केन्द्रका उम्मेदवार गोमा गौत्तम कुंवर ,प्रदेश क मा नेपाली काँग्रेशका ललिजंङ शाही ख मा नेकपा एकिकृत समाजबादी पाटीका पदम रोकायाको उम्मेदवारी छ ।