जुम्लामा बालविवाह रहरकी बाध्यता :कारण खोज्दै क्याड नेपाल

जुम्ला ः उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह मानिदै आएको छ । नेपालमा कानुनत ः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह हो । कतैकतै अहिले पनि अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ ।
कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वासले पनि छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये एक हो । अर्को कारण गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँनु जस्ता कारणले समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वालविवाह बिरुद्ध बोल्न सकेका छैनन् ।
जुम्लामा बाल विवाहबिरुद्धका उजुरीहरू दर्ता भएका छैनन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउछन । उनले भने,शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा जुम्लाका महिलामा विविध समस्या आएका छन ।

बाल विवाहले निम्त्याउने समस्या

बाल विवाहले निम्त्याउने समस्याको बारेमा धेरै अभिभावकलाई जानकारी नभएको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए । उनले भने , यसकारण आत्मा साम्मानको लागी सहकार्या क्याड नेपाल संस्थाले पत्रकारमार्फत चेतनामूलक कार्यक्रम गर्दै आएको छ । उनले भने,”अब यतिले मात्रै पुग्दैन ।

यसमा यहाका पत्रकार ,सरकार वाला निकाय जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ । उनका अनुसार बालविवाहले शरीरिक तथा मानसिक रोगको शिकार बनाउने गरेको छ । किशोर किशोरीले बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकार समेत गुमाउँने गर्दछन । बालविवाहले घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने गरेको छन । संयोजक अधिकारीले कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुने बताए । उनले भने कम उमेरको बिवाहले अपांगता भएका सन्तान जन्मन सक्ने बताए ।

संयोजक अधिकारीले यो परियोजना अन्तर्गत सुरक्षित विद्यालय, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि चेतना, युवा, महिला, बालबालिकाहरुलाई स्थानीय स्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहक मार्फत जिल्लाका तिन गाउँपालिकामा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा क्याड नेपाल जुम्लाले बालविवाह न्यूनिकरणका क्षेत्रमा काम गर्दै हाएको बताएका छन ।

त्यस्तै जुम्ला जिल्लामा बालविवाहको अवस्था भयभह बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह न्यूनिकरण गर्न उल्लेख्य भुमिका खेलेको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले भने, विवाह न्यूनिकरणका क्षेत्रमा काम गर्ने संस्थाले तथ्याङ संकलन गर्नु पर्ने बताए ।

त्यस्तै महिला जारण अनलाइका संञ्चालक तथा पत्रकार महासंघको उपाध्यक्ष दीलमाया शाहीले बाल विवाह, बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्रै होइन, विकास र समृद्धिको बाधक भएको बताइन । उनले पछिल्लो समयमा बालविवाहले सम्बन्ध बिछेदका घटना बढेको बताइन । उनले भिनन,समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ । स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो संभव छ ।
अन्य सरोकारवालाले पनि यसमा हातेमालो आबश्यक छ । क्याडले संञ्चालन गरेको बालविवाह न्युनिकरणका लागी पत्रकारसंग कार्यक्रममा २७ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार