जुम्ला ः जुम्लामा रहेको नन्दबक्स गणले आठ सय म्यादी प्रहरीलाई माइन रिक्स सम्बन्धी शिक्षा दिइएको छ । आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागी सुरक्षामा खटिने म्यादी प्रहरीलाई जुम्लाको नन्द बक्स गणको बम डिस्पोजल सम्बन्धीको टिमले उक्त शिक्षा दिएको हो ।
नेपाली सेनाका सबै जिल्लामा बम डिस्पोजल टोली हुन्छ । तर पछिल्लो समयमा जुम्लाको नन्दा बक्स गणका उपसेनाली सन्तोष केसीलेको कमाण्डरमा रहेको टोलीले निर्वाचनमा खटिने म्यादी प्रहरीलाई समते माइन रिक्स सम्बन्धीको शिक्षा दिएको पाइएको छ ।
नेपाली सेनाले दिएको यो ज्ञान म्यादी प्रहरीका लागी मात्रै नभइ हरेका नागरिकले जान्न जरुरी रहेको नन्दाबक्स गणका गणपति रबिन थापाले बताए । उनले भने,” बिशेस गरी निर्वाचनको समयमा यस्तो खालका घटना हुन सक्ने संभावित भएकाले पनि म्यादी प्रहरीलाई माईन रिक्स सम्बन्धी ज्ञान दिइएको हो ।
गणपति रबिन थापाका अनुसार हालसालै कालिकोटमा बम बिस्पोटमा परी दुइ जनाबालिकाको मृत्यु भयो । उनले थपे,”यदि नागरिक स्तरमा पनि माइन रिक्स सम्बन्धी शिक्षा दिन आबश्यक रहेको महशुस भएको छ । त्यस कारण नेपाली सेनाको नन्दबक्स गणले नागरिक स्तरमा पनि माइन रिक्स सम्बन्धीका शिक्षा दिन थालेकको गणपति थापाले बताए । उनका अनुसार गुठीचौर गाउपालिकाका ४५ जना नागरिकलाई दिइएको छ ।
त्यस्तै जुम्लाको नन्दा बक्स गणका उपसेनाली सन्तोष केसीलेले म्यादि प्रहरीलाई निर्वाचनको बेला संका स्पद बस्तु फेला पारेको खण्डमा एक सय मिटर टाढा बसेर नजिकैको प्रहरी , शस्शस्त्र तथा नेपाली सेनालाई खवर गर्नु पर्ने जस्ता प्रशिक्ष समते दिएका छन । उनले माइन रिक्स सम्बन्धी शिक्षा दिदै गरेका म्यादी प्रहरीलाई सरकारी सवारीमा, सार्वजानिक स्थलमा ,मत्तदान स्थल ,सुत्ने कोठा, खाठकोे मुनि जस्ता स्थालहमा शंकास्पद बस्तु भेटिने गरेको उदारण दिएका थिए ।
त्यस्तै नन्दबक्स गणका हल्दार हरिराना मगरले ‘यो काम नै उच्च जोखिम भएको बताए । उनले त्यसैका लागि हामीले माइन रिक्स सम्बन्धीको शिक्षा दिएका हौ । उनका अनुसार निर्वाचन सुरक्षाको लागी खटिने म्यादी प्रहरी केही दिनका लागी फौजीनै भएकाले यस्तो शिक्षा दिइएको छ । उनले कुखर बम, शुतली बम ,पाईब बम ,बाल्टीन बम लगायतको बमहरुको पोस्टर शहित प्रशिक्षण दिएका थिए ।
त्यस्तै म्यादी प्रहरी यमराज शाहीले नेपाली सेनाले दिएको माइन रिक्स सम्बन्धी शिक्षा महत्वपुण भएको बताए । उनले भने, हामी म्यादी केही समयका लागी भएका हौ । तर यो नन्दबक्स गणले दिएको माइन रिक्स शिक्षा सधै भरीको लागी ज्ञानको रुपमा रहने बताए ।
हामीले म्यादी प्रहरी हुदा सिक्ने मौका पाइयो उनले भने,” नागरिक स्तरमा पनि यस्ता खालका सचेतना जरुरी छ । जुम्लामा रहेको नन्दबक्स गणले पछिल्लो समयमा बिद्यालय निमार्ण, बिपद, स्वास्थ्य शिविर जस्ता नागरिक मुखि कार्यगर्दै आएको छ । सेनाका यस्ता कार्यले नागरिक र सैनिक सम्बन्धी प्रगाढ बन्दै गएको छ ।