खेलाडीको मनोबल बढाउदै एसिया स्कुल

जुम्ला ः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाइ एसिया इन्टरनेसनल बोर्डिङ स्कुल जुम्लाले सम्मान गरेको छ । खेलाडीलाई उत्साहित र हौसला बढाउन सम्मान गरिएको हो ।
बुढा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुँदै गृहजिल्ला जुम्ला आइपुगेका बुढालाई खादा र अबिरले स्वागत तथा सम्मान गरिएको स्कुल सञ्चालक मनोज बुढाथोकी मगरले बताए । उनले भने, ‘जुम्लालाई कृषि क्षेत्रबाट स्याउ, सिमी, मार्सी धान र एथलेक्टिस खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिने काम गरेका छन् । यो हाम्रो जिल्लाको मात्रै नभएर देशकै गौरवको विषय हो । उनका अनुसार एसिया इन्टरनेसनल बोर्डिङ जुम्लाले एक कार्यक्रमबीच सम्मान गरेको हो ।


यस्तै, जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवालाले खेलाडीको मनोबल उच्च बनाउनका लागी गरेको सम्मान कार्यक्र महत्वपुण रहेको बताइन ।
गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्गबहादुर बुढा प्रथम भएर स्वर्ण पदक विजेता घोषित भएका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका हुन् ।

बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए ।

बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन् तीन हजार मिटरको अहिलेसम्मको रेकर्डसमेत तोडेका छन् । बुढाले यसअघि खेलाडी राजेन्द्र भण्डारीले आठ मिनेट ५७ सेकेन्डमा पार गरेको समयलाई आठ मिनेट ५५.१९ सेकेन्डमा पार गर्दै कीर्तिमान कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले पाँच हजार मिटरमा भने द्वितीय स्थान हासिल गरेका थिए ।

गिनिज बुक अफ द वर्ल्ड रेकर्डर जुम्लाकै धाबक हरिबहादुर रोकायाको योगदानको कदर भएको सरोकारवालाको बिष्लेसन छ । पछिल्लो समयमा धाबक रोकायाले उत्पादन गरेका सुनमाया बुढालगायत दर्जनौँ खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरी सफलता हासिल गर्दै आएको पान्छ ।

सम्बन्धित समाचार