जुम्लाको लागी मतपत्र ओसारदै हेलिकप्टर

जुम्ला ःनेपाली सेनाको हेलिकप्टरले मतपत्र ल्याउन थालेको छ । जुम्लाको लागी निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको हो ।नेपाली सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार वुधवार दुई पटक नेपाली सेनाको (एनए ०५५ ईसियू (ईक्विेरल) हेलिकप्टरले मतपत्र ल्याउदै गरेको बताए । उनले कर्णाली राजमार्ग बिपतका कारण ठुला गाडी आउन सक्ने अबस्था छैनन । हेलिकप्टरमा मतपत्र ल्याउनु परेको हो । काठमाण्डौबाट सुर्खेत गाडिमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम शुरु भईरहेको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा ल्याएका थियो तर यस पटक बाटो साघुरो भएकाले हेलिमा ल्याउनु परेको हो ।


त्यस्तै जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस बिष्णुप्रसाद गौतले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आईपुगेको बताए । उनले प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षित गरिएको छ । अब समानुपातिकको चार हजार मत अव आउन वाँकी छ । उनका अनुसार बाँकी मतपत्र बिहिबार ल्याइने छ ।

जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।त्यस्तै जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा आगामी मंशिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको बताए । उनका अनुसार जसमा प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको छ ।

सम्बन्धित समाचार