निर्वाचन अवधिमा मदिरा बिक्री बितरणमा रोक लागाइने

जुम्ला ः जुम्लामा निर्वाचनको करिब आधा महिना समयमा मदिरा विक्रि वितरण तथा सेवन वन्द गरिने भएको छ ।
जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचाँर सहिताका बिषयमा छलफल भएको छ ।
वैठकमा कात्तिक २० गते देखी मतगणना नसकिन्जेल सम्मको अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा वेचविखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन ।
त्यस्तै चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भिडभाड लगाएतका राजनैतिक पार्टीहरुका कार्यक्रमहरु निर्वाचन अवधिभर नगर्ने नगराउने लगायतका बिषयमा निर्णय गरिएको छ ।
जिल्ला न्यायधिस तथा मु्ख्य निर्वाचन अधिकारी बिष्णु प्रसाद गौतमको उपस्थितिमा बसेको वैठकले निर्वाचनमा समन्वय सहकार्य गर्ने देखी विभिन्न निर्णय गरेको छ । वैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसहिँताको बिषयमा जानकारी दिए । उनले आयोगबाट प्राप्त परिपत्र, निर्देशन पढेर सुनाउनु भएको थियो ।
यसैगरी निर्वाचनको मतपत्र वाहेक सवै ५४ प्रकारको सामग्री आएको जानकारी दिनुभयो । आएका सामग्री मध्य मत पेटिका पनि रहेको छ ।
जिल्ला न्यायधिस तथा मु्ख्य निर्वाचन अधिकारी बिष्णु प्रसाद गौतमले निर्वाचनको तयारीको बिषयमा दलहरुलाई जानकारी गर्नुभएको थियो ।
उनका अनुसार यस पटक जुम्लामा आचाँरसहिँता उलंघन नभएको र अव पनि शान्तिपूर्ण निर्वाचन हुनेमा जोड दिए । यसैगरी कात्तिक १८ गते देखी १ गते सम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाईएपनि १ गते पछि गर्न पाईने छैन् । यसैगरी २५ भन्दा बढि मानिसहरु भेला हुन नपाउने आचार सहिँता देखी मतदान केन्द्र, कर्मचारी खटनपटनको बिषयमा छलफल भएको थियो ।








