कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्ग बुढालाई जुम्लामा सम्मान

जुम्ला ः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले पहिलो स्वर्ण पदक जितेको छ । पोखरामा सम्पन्न भएको प्रतियोगिताको एथलेटिक्समा जुम्लाका दुर्गबहादुर बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएको भन्दै जुम्लामा सम्मान गरिएको छ । उनले पुरुषतर्फको तीन हजार मिटर स्टिपल चेजमा स्वर्ण जितेका हुन्।

भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए। नौ मिनेट २१ः१० सेकेन्डका साथ एपीएफका अजितकुमार यादवले रजत र नौ मिनेट २१ः१० सेकेन्डमा दौड पूरा गर्दै आर्मीका सुवास कार्कीले कास्य जिते।

कर्णालीलाई स्वर्णपदक जितेको खबरले उत्साहित भयर सम्मान कार्यक्रमको आयोजना गरेका सनलाई ईलेक्ट्रोनिक पसलका व्यापारी तथा खेल प्रेमि वालकृष्ण बुढाले गरेका थिए । त्यस्तै कर्णालीलाई पहिलो स्वर्ण दिलाएका बुढाले आफू प्रतियोगितामा पहिलो हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । रोजगारीको सिलसिलामा भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताए । उनले खेलाडीको भबिष्यप्रति राज नै गैरजिम्मेवारी छ ।
उनले देशका लागि खेल्न आफू संधै तयार रहेको बताए। उनले भारतीय टोलीबाट एसियन च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। स्वर्ण जितेसँगै दुर्गाले कर्णाली प्रदेश सरकारबाट दुई लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन्। कर्णाली प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेको सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए।

बुढाले एथलेटिक्सतर्फको तीनहजार मिटर स्टेबल चेस पुरुष तर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका हुनु भयो । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन ३ हजार मिटरको अहिले सम्मको रेकड तोडेका छन् । बुढाले यस अघि खेलाडी राजेन्द्र भण्डारीले ८ मिनेट ५७ सेकेण्डमा पार गरेको समयलाई ८ मिनेट ५५.१९ सेकेण्डमा पारगर्दै किर्तिमानी कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले ५ हजार मीटरमा भने दृतीय स्थान हाशिल गरेका थिए ।

खेलाडीकोे गुनासो

जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको गुनासो गरेका छन् । खेलाडी दुर्घबहादुर बुढाले आज जुम्लाका खेलाडीले सामान्य पोषाक नपाएका बताउनुभयो । उहाँका अनुसार खेलाडीलाई सोही अनुसार सन्तुलित भोजन चाहिन्छ, त्यस बिषयमा ध्यान दिईएको छैन् । यसका साथै अहिले सम्म रंगशाला समेत नभएकोले अभ्यास गर्न कठिन भएको खेलाडीले बताएका छन् ।
म्याराथुन धावक हरिबहादुर रोकायाले अवको दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले अझै बढि गोल्डमेडल ल्याउने तयारी अहिलेबाटै गर्ने बताए । उनले हरेक खेलाडी मिहिनेत गरेर अगाडि बढे गोल्डमेडलिष्ट हुने र नोकरी पनि सुरक्षित हुनेमा जोड दिए ।
उनले जुम्लाको चिमारा मालिका जानेबाटोमा समेत रंगशालको सम्भावना भएकाले त्यसतिर सहयोग गर्न अपिल गरे । उनले भने, एक त खेलाडी उत्पादन गर्न कठिनछ, अर्को भएका खेलाडीलाई संरक्षण गर्ने निति कार्यक्रममा स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले एथेलेटिक्स सहित जुम्लाको सम्भावनाको खेलका लागि अव जोडदार रुपमा लाग्नुपर्नेमा जोड दिइन । जुम्लाको खेल क्षेत्रका लागि निरन्तर कर्णालीमा लड्दै आएकोमा बताइन ।
कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनितिले खास खेलाडीहरु अघि बढ्न नसकेको बताए । उनले कर्णाली खेलकुद परिषदमा आफुहरुले भने बिषय गौण भएकाले समस्या भएको छ ।
दुर्ग बुढालाइ ब्यत्तीगत्त सहयोग गर्ने
दुर्गबहादुर पोखरामा स्वर्णपदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी र खेलाडी स्वागत गर्न विमानस्थलमा भिड समेत लागेको थियो ।सनलाई ईलेक्ट्रोनिक पसलका व्यापारी तथा स्थानीय वालकृष्ण बुढा र उनका दाजु भूवनसिंह बुढाले ५०।५० हजार गरी रु एक लाख रुपैया प्रदान दिने बताएका छन । बिजेता खेलाडी दुर्गबहादुरलेको थप मोनोबल बढाउनका लागी ब्यक्तिगत रुपमा नगत दिने बताएका हुन । स्वर्ण पदक मात्रै होईन, नेश्नल रेकर्ड कायम गरेकोले दुर्गबहादुरलाई आफुले सानो सहयोग गरेको वालकृष्ण बुढाले बताए ।

सम्बन्धित समाचार