जुम्ला ः लागु औषधि स्वास्थ्यका लागि हानिकारक र कानुनी रुपमा बरजीत छ । पछिल्लोमा सयममा जुम्ली समाजमा आक्रान्त बनाएको छ । यो लागु औषधबाट आफ्नो छोराछोरीलाई कसरी बचाउने अभिभावकलाई निकै चिन्ता र त्रासको विषय बन्दै गएको छ । झण्डै एक दर्शक अगाडी लागु औषधिका विषयमा माथिल्लो कर्णाली जुम्ला, कालिकोट, मुगु जिल्लाका नागरिकले खासै जानकारी नै थिएन ।उनीहरु स्थानीय स्तरमा पाइने चरसका (अत्तर, भाङ) विषयमा मात्रै जानकारी थिए ।
तर २०६२ सालपछि सुर्खेत, कालिकोट, जुम्ला, मुगु र जाजरकोट हुदै डोल्पा जिल्ला सडक सञ्जालमा जोडियो । त्यसबाट नेपालसँग जोडिएको इण्डीया भारतको नाका रुपैडियाबाट सवारी सधान मार्फत माथिल्लो कर्णालीमा लागु औषध पुग्ने गरेको हो । यसअघि हवाई जहाजबाट आएको सन्तोलाको काटुनमा जुम्ला लागु औषध पुगेको थियो ।
लागु औषधि समाजमा झाँगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र नागरिकलाई निकै चुनौतीको विषय बन्दै गएको छ । मंगलबार मात्रै कालिकोटको नाग्म हुदै जुम्ला बजार तर्फ आउदै गएको एक भ्यान सवारी साधानमा यात्रु २५ बर्षीय युवालाई ८ ग्राम ब्राउन सुगरसहित जिल्ला ट्राफिक कार्यालय जुम्ला नजिकै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै विक्रीकर्ता र प्रयोग कर्ता पक्राउ गरी पक्राउ गर्दै आएपनि न्यूनिकरण हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा दुई वटा मुद्दा चाएको छ भने पाँच जना पक्राउ गरेर कारवाही गरेको छ । यस्तै आर्थिक वर्ष ०७८÷७९ मा ७ वटा, ०७७÷०७८ मा ५ वटा, ०७६÷७८ मा ६ वटा र ०७५÷७६ मा ५ वटा मुद्दा चलाएर कारवाही गरेको छ । यिनै घटनामा एक सय भन्दा बढी व्यक्तिहरुले कारवाही भोगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।