अपेक्षाभन्दा छिटो खुल्यो कर्णाली राजमार्ग

जुम्लाः असोज १९ देखि २५ गते सम्म भएको अविरल वर्षापछि आएको बाढि पहिरोले अबरुद्द कर्णाली राजमार्ग खुलेको छ । झण्डै ४० किलोमिटर सडक अबरुद्द थियो ।
जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्ला सम्म १०४ किलोमिटर मध्य ४० किमि सडक पहिरोले पुर्ण अबरुद्द हुदा कालिकोट जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ।

भने,उक्त सडक मार्फत यात्रा गरेका यात्रुहरु र पहिरो देखेका नागरिकले कर्णाली राजमार्ग खुल्न कम्तिमा ४÷५ महिना लाग्ने र तत्काल कुनै पनि ताकतले सडक खुल्न सम्भव नरहेको असम्भव तर्क दिईरहेका थिए ।

सडक डिभिजन जुम्ला र नेपाली सेनाको दिनरात निरन्तर खटेर नागरिकको अपेक्षा भन्दा धेरै छिटो कर्णाली राजमार्ग खुलेको छ । अबरुद्द भएको २० दिनपछि सोमबार राती साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।
सडक खुलाउन सडक डिभिजन जुम्लाको १ सय बढि जनशक्ति फिल्डमा खटिएको थियो । भने, नन्दाबक्स गण जुम्लाको ५० जना टोलि राँचुलीमा क्याम्पनै बसेर सडक खुलाउन खटिएको थियो । प्रमुख श्रेष्ठले भने,”दिनरात भोक निद्रा नभनी खटिएर साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयौ । तिहारमा कर्णालीबासीलाई उपहारका रुपमा राजमार्ग खुलाउने लक्ष्य अनुसार काम गरेका हौ । सोमबार राति साढे ८ बजेदेखि सडक संचालनमा आएको छ ।”

ईन्धनको अभाव चुलिएको बेला सडकका कर्मचारीले डिजेल बोकेर समेत सडक खुलाउन जुटेका थिए । साथै दिनरात निन्तर पहिरो पन्छाउने डोजर चालक समेत धन्यबादका पात्र छन् ।कर्णाली राजमार्ग कति बेला र कहिले खुल्छ भन्ने कर्णालीबासीको अहिले मुख्य चासोको विषय बनेको थियो । दिपावलिमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गको धनडा सडक खण्डबाट अबरुद्द पन्छाउने काम सम्पन्न भएको प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार सडक खुलाउन चाउचाउको साहारामा रातदिन लेन्थवर्कर,ईन्जिनियर,सब–ईन्जिनियर लगायतका १ सय जना जनशक्ति खटिएको थियो ।

सडक खुलेपनि सचेत भएर यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ । सडक खुलाउनका लागि सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ नियमित फिल्डमै खटिएका छन् । भने सयौ जनशक्ति परिचालन समेत गरेका छन् ।

त्यसै अबरुद्द कर्णाली राजमार्ग खुलाउन नन्दाबक्स गण जुम्लाको ५० जना सेनाको टोली कार्यक्षेत्रभन्दा बाहिर कालिकोटको राँचुलीमा क्याम्प स्थापनागरि बसेका थिए । विशाल ढुंगा फुटाउन सेनाले दुइदर्जन जति ब्लाष्टिङ गरेको छ । सडक खुलाउन दिनरात नभनि सेनाले साथ दिएको छ । सडक अबरुद्द पछि आत्तिएका कर्णालीबासीलाई चाडै राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोट क्याम्प बस्नेगरि सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए । उनले भने,”यसपालीको विपदमा प्रभावित नागरिकलाई राहत उद्दार तथा पुर्नस्थापनाका लागि सेना गाउँमै खटिएको छ । सोहि अनुसार सडक डिभिजनको समन्वयनमा पहिरो पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएको थियो ।” गणपति थापा पनि सडक खुलाउन निन्तर फिल्डमा खटिएका थिए ।
सडक खुलेपनि सुरक्षित छैन

सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन् । बाढि पहिरोले सडकको दुरावस्था भएकाले यसको स्तरउन्नतीका लागि संघिय सरकारले विशेष प्याकेज सहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
उनले भने,” यति छिटोल सडक खुल्ने कसैले विश्वास गरेका थिएनन् । सडक डिभिजनका कर्मचारि र सेनाले अप्रत्यासी रुपमा नागरिकको अपेक्षाभन्दा अघिनै सडक खोलेर ईच्छा शक्ति,निरन्तरता र उत्तरदायित्वको पाठ सिकाएका छन् ।

यो कामको जत्ति प्रशंसागरेपनि पुग्दैन् ।”सडक खुलाउन कालिकोट र मुगुका प्रहरी प्रशासनले साथ दिएको थियो । भने, विशेषगरी जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी ,समन्वय प्रमुख, गौरी नन्द आचाार्य मेयर राजुसिहं कठायत ,नन्दाबक्स गणका गणपति रबिन थापा , ,नेपाल प्रहरीका डिएसपि नरेन्द्र चन्द ,शसस्त्रका एसपि, चित्रङ्खगत दाहाल उधोग बाणिज्य संघ,पत्रकार लगायतका सरोकारवालाले विशेष सहयोग गरेका थिए ।

सम्बन्धित समाचार