बाढी पहिरोले सबै भन्दा धानवालीमा क्षेति

जुम्ला ः बाढि पहिरोले जुम्लामा मार्सिधानका फाट समेत बगेका छन् । मानवीय क्षेति, मुल सड्क देखी घर तथा बस्ति जोखिम भएकाले वालीको क्षेति एकिन आएको छैन् । तर पाक्नै लागेका धानका फाट बगेपछि किसानलाई ठूलो समस्या भएको छ ।यस पटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका १ बड्की निवासी लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवाली सहित, सिमी, मकै, कोदो र वर्खेवालिमा यस पटकको भारी बर्षाले ठूलो क्षेति पुरयाएको छ ।

कनकासुन्दरी ५ निवासी उपेन्ँद्र न्यौपानेका अनुसार असोज १९ देखी २६ सम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो ,वाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धान सहित खेतमा समेत क्षेति पुगेको छ ।

बाढि र पहिरो पछि क्षेति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोही अनुसार अहिले जुम्लामा पनि राष्ट्रिय बिपत प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा छ ।
त्यस्तै जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा काम खटिएको छ ।

सिजागाउँपालिकामा क्षेती कति

त्यस्तै गत असोज १९ देखी २४ गते सम्म लगातारको बर्षाले सिंजा क्षेत्र सवै भन्दा बढि क्षति भएको छ ।बाढि र पहिरोले मानवीय क्षेति सँगै भौतिक क्षेतिले सिंजा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार जुम्लामा एक हजार नौसय ५२ मानिस बिस्थापित भएका छन् ।
जसमध्य सिंजा गाउँपालिकामा ७सय २५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरि १०२३ जना नागरिक बिस्थापित भएका छन् । सिंजा गाउँपालिकामा पनि गाउँपालिका भवनमा बाढि पसेको अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिए । .

बाढि पहिरोमा परी गत असोज २२ र २३ गते सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका ७ वारकोटेवाडामा पहिरोले एकै परिवारका ५ जना, छिमेकी दुई जना र पुल तर्दै गर्दा सोही वडामा एक जना गरी ८ जनाको मृत्यू भएको थियो । सो क्षेत्रमा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना, स्थानीय सरकार गएर उद्धार कार्य गरेको

हिमाका ३सय ८६ घरधुरीमा पुर्ण क्षेति

हिमा गाउँपालिकामा सवै भन्दा बढि घर क्षेति भएको तथ्यांक सार्वजनिक भएको छ । गाउँपालिकाको पछिल्लो तथ्यांक अनुसार ३८६ घरधुरी पूर्ण क्षेति भएका छन् ।अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब एक हजार बढि मानिस बिस्थापित छन् ।अध्यक्ष शाहीले भने अहिले उनीहरु कोही पाल हालेर बसेका छन भने कोही आफन्त, छिमेकीको घर मागेर बसेका छन ।हिमाको पछिल्लो तथ्याक अनुसार ५ सय १९ घर आशिक र ६१३ घर सामान्य क्षेति भएका छन् ।

यसैगरी हिमा गाउँपालिका ३ जोगिवाडामा एक आमा र छोरालाई बाढि घरबाट सुरक्षित स्थानमा जादै गर्दा बगाएर गत असोज २२ गते लिएको छ । स्थानीय सत्यदेवी योगी र उनका छोरालाई बगाउदा आमाको शव भेटिएको र छोरा वेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सिंजामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी बिस्थापित भएका छन् । यसरी सिंजाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षेति भएका छन् ।

बाढि पहिरोले सिंजामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् । यसैगरी सिंजामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेका प्रहरीको तथ्यांक रहेको छ । पहिरोले नाग्म गमगडि राजमार्ग पनि क्षत विच्छेद वनाएको छ ।
नाग्म गमगडिमा १५० स्थानमा पहिरो जादा १५ दिन पछि पञ्छाएर सड्क डिभिजन जुम्लाले राजमार्ग खुलाएको छ । धेरै ठाउँमा बाटो जोखिम अवस्थामा र पहिरोको डर उत्तिकै रहेको छ । सो क्षेत्रमा करिब एक सय जति काठेपुल बगाएर लिएको छ ।

सम्बन्धित समाचार