जनयुद्धदेखि शान्तिकालको लेखकसम्म लक्ष्मीकन्या
जुम्ला । कर्णाली धेरै कुराको लागि चर्चामा आउछ । देशको सबै भन्दा बढी पिछडिएको प्रदेशको रुपमा यसको परिचय छ ।यो प्रदेश अथवा कर्णाली यो देशको परिवर्तनको लडाईमा सधै अग्रभागमा उभियो । तर यसले अहिलेपनि राज्यबाट जति पाउनु पर्ने हो त्यो पाउन सकेको छैन ।
यो प्रदेशमा अधिकांश मानिसहरु जिवन यापनको समस्यासंग जुधिरहेका छन् । त्यसैमा महिलाहरुका अझ समस्या छन् । महिलाहरु अहिले पनि चुलोचौको र घाँसदाउरा गर्नमा सिमित छन ।
यहाँका महिलाहरुको लागि खुशियाली रमाइलो भनेको बर्ष दिनमा आउने चाडबाँडमात्र हुन् । उनीहरुको जीवनमा खुशि त्यहि बर्ष दिनमा घरआगनमा आइपुग्ने चाँडबाँड हुन् । नत्र त जीवन कसरी बिताउनु पर्छ भन्ने सोध्ने हो भने भन्छन् घरपरिवार छोराछोरी,घासदाउरा गर्नु नै जीवन बिताउनु हो ।
उनीहरु व्यक्तिगत जीवनलाई नियाल्ने फुर्सद नै पाउदैनन भन्दा पनि हुन्छ । महिलालाई अहिलेपनि दोस्रो दर्जाको नागरिक मानिन्छ । देशमा गणतन्त्र आएपछि राज्यका हरेक अंगमा महिला पुग्न आरक्षरण र कहि अनिवार्य कोटा तोकिएको छ । जसले गर्दा महिलाहरु राज्यका तहमा र राजनीतिक रुपमा पनि सक्रिय हुन थालेका छन् ।
०५२ सालबाट नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो । जुन जनयुद्ध १० बर्ष चल्यो । यो नेपालको लागि राजनीति, सामाजिक र आर्थिक रुपमा धेरै ठूलो परिवर्तन थियो ।
यो समाज रुपान्तरण र राजनीति परिवर्तनको महासागरमा होमिएकी पात्र हुन लक्ष्मीकन्या बुढा । जसले सानै उमेरमा गाउँघरमा देखेका असमानता, विभेद , अन्याय अत्याचारका विरुद्ध आवाज उठाईन् र समानताको नाराबाट प्रभावित भएर जनयुद्धमा सहभागी भईन्।
२०५८ जेठबाट कालिकोट जिल्ला अन्तरगत तत्कालीन छाप्ने गाविसलाई हरिस गाउँ जनसरकारको रूपमा नामाकरण गरेकोे थियो । त्यसको प्रमुख बुढा थिइन ।उनी २०५८ काे सुरूमा एरिया कमीटी सदस्य र २०५९ मा सेक्रेटरी थिईन ।२०५९ सालमा क्रान्तिकारी पत्रकारको राज्य समितिमा बसेर समेत काम गरिन ।
२०५८ सालमा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाअध्यक्ष भएकी थिईन । २०५९ सालमा विद्यार्थीको राज्य समिति सदस्य थिईन । उनी पाटि अन्तरगतका वभिन्न संगठनका केन्द्रीय सदस्य भयर समेत जिम्वेरी निर्बहा गर्दै आएकी छन । क्रान्तिकारी संगठन अन्तरगत भेरी कर्णाली छात्रा बिभागकाे प्रमुख थिईन । त्यसैले बुढालाई पार्टीले सही मुल्यांकन गरेर समानुपातिक उम्मेदवार बनाएको छ।
उनी २०५९ सालमा पार्टीको जिल्ला कमीटी सदस्य, २०६० मा राज्य समिति सदस्य भईकी थिइन ।
२०६४ सालमा अनेम संघ(क्रान्तिकारी) को जिल्ला अध्यक्ष बनेकी हुन । त्यसको एक बर्षपछि अनेम संघ (क्रान्तिकारी ) केन्द्रीय समिति सदस्य भइन । पार्टीको केन्द्रीय समिति सदस्य सम्मको भुमिकामा रहेर काम गरेकि थिइन । माओवादी केन्द्र र एमालेबीच एकता भएपछि उनी प्रदेश कमिटी सदस्यमा थिईन ।
जनयुद्धमा पनि महिलाका हकअधिकारका कुरा उनले चर्को रुपमा उठाइन् । महिलामाथि हुने सामाजिक ,लैगिक विभेदका विरुद्ध लडिन् ।
बुढाले पार्टी राजनीति , समाजिक, घरेलु हिंसामा परेका महिलाका पक्षमा आवाज उठाइन् । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी पनि खुल्ला राजनीतिमा सक्रिय छन् । उनी राजनीतिको साथसाथै सामाजिक काममा पनि सक्रिय छन् ।
जुम्लाको गुठीचौर गाउँपालिकाको गज्याङकोटमा जन्मीएकी बुढा २०५६ सालमा कक्षा ६मा पढ्दै गर्दा अखिल (क्रान्तिकारी ) को संगठनमा आबद्ध भएकी थिईन । उनी त्यसको एक बर्षमा माओवादी पार्टीको काममा सक्रिय रुपमा लागेकी हुन । बुढा ०५७ मा भूमिगत भएकाे बताउछिन ।जुम्लामा बुढाको परिचय अहिले महिला अधिकारकर्मी तथा राजनीतिकर्मी रुपमा छ ।
उनले ‘कर्णालीमा महिला भाग– १ र २’ मुक्ति अभियान र छरिएका खुसीहरु नामक पुस्तक लेखेकी छन ।
कर्णालीका महिलाले द्वन्द्वकालकालदेखि अहिले सम्म भोगिरहेका विभिन्न पीडाहरुलाई पुस्तकमा समेटिकी छन् । बुढाले दश वर्षे जनयुद्धमा धेरै योगदान गरेपनि अहिलेसम्म जुम्लामा अवसर नपाउनेमा पर्छन् ।
शान्तिप्रक्रियामा आएपछि माओवादीहरु नै अवसर नपाए पार्टी छोड्नदेखि नेतृत्वलाई आलोचना गदै हिड्छन् । तर बुढा भने पार्टी र सामाजिक काममा खटिरहन्छन् । उनले भनिन् , ‘पद होइन विचार प्रमुख हो ।
हिजो पद नहुदा जनयुद्धमा हिडे । त्यो अन्या अत्याचारका विरुद्धको क्रान्ति थियो । अहिले पनि सबैले एकै पटक पाउदैन । अवसर सबैले पाउनु पर्छ । हरेकले धर्य पनि गर्नु पर्छ । म पनि त्यो समय देखि जनयुद्धमा हिडेको हुँ । अहिले बल्ल प्रदेश सभाको लागि समानुपातिकको बन्दसूचिमा नाम छ ।’
माओवादी क्रान्ति होमिएकी राजनीतिज्ञका साथै महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी पनि हुन् । उनी भनिछन, ‘म आफ्नो काम र जिम्मेवारीप्रति कसैले प्रश्न गर्ने मौका दिन्नँ, मलाई चिन्नेहरुले यसरी नै चिन्छन ,यो मेरो सिद्धान्त नै हो ।’
आफूले बाल्यकाल र किशोरावस्था जनयुद्धमा बिताएकी हुँ उनले थपिन, ‘म गलत गर्दिनँ र गलत गर्न पनि दिन्नँ । हाम्रो काम सधै समाज रुपान्तरणको हुनु पर्छ । राजनीतिक रुपबाट होस कि अन्यबाट प्रमुख कुरा समाज रुपान्तरण हो ।’
उनका दुई सन्तान छन् । सामाजिक सेवाका लागी हिड्दा सन्तानसँग निकै कम समय दिएको पाईन्छ । छोरा छोरीलाई कम समय दिएर पनि राजनीतिमा सक्रिय छिन् । छोरा छोरीसंग रमाउनु,घुम्नु उनको लागि अहिले पनि टाढा कै कुरा छ ।
सबै महिला नेतृत्व लिन सक्षम छन् भन्ने सावित गर्नका लागी पनि राजनीतिमा लाग्नु पर्ने उनी बताउछिन् ।त्यहि भएर पनि उनले समानुपातिकमा नै सहि उम्मेदवारी दिइन् । उनले भनिन्, ‘महिलाहरु बढी लगनशील, इमानदार र पारदर्शि हुन्छन् । यसले समाजलाई झन राम्रो बनाउछ ।’
महिलाले सम्हालेका कुनैपनि भूमिकामा दायित्व पूरा गर्न नसकेको आरोप नलागेको उनी बताछिन् । उनले भनिन्, ‘महिला भएरै महिलाको पक्षमा बोलेको होइन तर यो नै यथार्थ हो । यही सिद्धान्त, अनुभव र मान्यताले महिलाले देश हाँक्न सक्छन भन्ने हो ।’
दश बर्षे जनयुद्धले नै देशमाा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेसीता ल्याएको उनले बताइन् । देशमा अहिले आएको युगान्तकारी परिवर्तन माओवादी आन्दोलनकै देन हो । हिजो राजनीतिक परिवर्तनको लडाई थियो । अहिले ल्याएका उपलब्धीको रक्षा र देशलाई समृद्धि बनाउने अभियानमा छौ । मोर्चा फरक छ हिजो र आजको तर सक्रियता अहिलेपनि त्यति नै चाहिन्छ , उनले भनिन्, ‘पहिला जनयुद्धबाट राजनीतिक परिवर्तन गर्यौ ।
जसबाट संविधान सभाबाट संविधान आयो ।तर प्रतिगमनकारीले दुई पटक संसद विघटन गर्यो । अहिले पनि त्यो टरेको छैन । प्राप्त उपलब्धिको रक्षा गर्ने काम माओवादीको हो । हामीले जितेमा मात्र त्यो संभव छ । होइन भने फेरिपनि संसद विघटन गर्ने शक्ति हाबी हुन सक्छ । त्यहि भएर सक्रियता अहिले झन बढेर गएको छ ।’
हाल पार्टीको हिमाउँपालिका इन्चार्ज प्रदेश कमिटी सदस्य र अनेम संघ (क्रान्तिकारी ) को केन्द्रीय सचिवालय सदस्य हुन बुढा ।
उनी एक पटक शान्ति समिति जुम्लाको अध्यक्ष समेत भएकी थिइन । , जुम्लामा महिलाको समस्या समाधानको लागि गठन गरिएको पहिलो सर्वपक्षीय संजाल गणतान्त्रिक महिला संजालको अध्यक्ष पनि हुन । बुढाले विभिन्न जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै आएकी छन ।







