जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले तिहारको बेला पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोग नगर्न अनुरोध गरेको छ ।नेपालीहरुको महान चाड शुभ–दीपावली तथा छठ पर्वको अवसरमा आम जुम्लाबासीहरु यस्तो अनुरोध गरेका हुन ।
त्यस्तै पटका, जस्ता प्रज्वलित सामग्रीले आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै सुरक्षा समितिको बैकठ विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री र प्रयोग नर्गन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए ।
उनले भने, दीपावली तथा छठ पर्वलाई सभ्य, शिष्ट, सुरक्षित, मर्यादित एंव शान्तिपुर्ण रुपमा मनाउन सबैमा हार्दिक अनुरोध गरिएको छ । प्रजिअ केशरीले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो–सल्ला झै झगडा गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य गरेको खण्डमा कानुनी काबाही गर्ने बताए । उनका अनुसार देउसी,भैलो,नाचगान लगायतका कार्यहरु बिहान ०७ः०० बजे देखि राती आठ बजे पछि गर्न पाइने छैन ।
त्यस्तै चाडपर्वको नाममा जुवा तास खेल्ने खेलाउने लगायतका कानुन बिपरीतका कार्यहरु गरेको भेटिएको खण्डमा कानुन बोमोजिम जरिवाना गरिने छ ।
त्यस्तै जुम्ला जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेत मध्यनजर गरी जिल्ला सुरक्षा समिति जुम्लाको बैठक बसेको प्रहरी नयब उपरिक्षक नरेन्द्र चन्दले बताए ।जिल्ला प्रहरीकार्यालय जुम्लाले जारी गरेको सुचनामा पटका, आतिस बाजी जस्ता प्रज्वलनशिल एवं बिष्फोटक पदार्थ उत्पादन, ओसारपसार बिक्री बितरण र प्रयोग नगर्ने÷नगराउने उल्लेख गरिएको छ ।
त्यस्तै प्रशासनले कोही कसैबाट पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी मसते दिएको छ ।तिहारको समयमा पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको छ ।