माओवादी दोलखा इन्चार्ज देवी खड्काले राजीनामा दिइन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन् । उनले पार्टीले आफूलाई नसोधी एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै इन्चार्जबाट राजीनामा दिएकी हुन् । संघ र प्रदेशको चुनावको मुखैमा जिल्ला इन्चार्जबाट राजीनामा दिएकी छन् ।

पार्टीको दोलखा जिल्ला इन्चाज रहेकी खडकाले टिकट वितरणमा आफूसंग कुनै सरसल्लाह नगरेको भन्दै राजीनामा दिएको बताइन् । उनले भनिन,‘हामीहरुले यहाँबाट टिकटको लागि तीन जनाको नाम सिफारिस गरेका थियौ । तर माथिबाट पछि एक पटक पनि छलफल नगरेर टिकट वितरण गरीयो । अझ म त डेङगु लागेर विमारी भएको थिए । यस्तो भयो यसरी गंगा कार्कीलाई टिकट दिनु प¥यो भनेर पनि भनिएन मलाई लुकाएर टिकट वितरण गरेपछि चित्त दुखेको हो । मसंग एक पटक छलफल गरेको भए म मान्थे । इन्चार्जको हिसाबले अरुलाई अवसर दिनु हुन्न भन्ने पक्षमा म कहिल्यै पनि रहिन अहिले पनि छैन । तर मलाई बाइपास गरेर प्रत्यक्ष र समानुपातिकको टिकट वितरण गरेपछि गाह्रो लाग्यो । मलाई छलेर ढाँटेर निर्णय गरेपछि चित्त बुझेन ।’

उनले स्वास्थ्य अवस्था पनि ठिक नभएकाले पार्टीको इन्चार्जबाट राजीनामा दिनु परेको बताइन् । पछिल्लो समयमा विमारी भएकी छु । लामो समय स्वास्थ्यमा समस्या भएका कारण पनि राजीनामा दिएकी उनले बताइन ।
उनले भनिन् , ‘म विमारी छु । कसले भन्छ यस्तो कुरा । टिकट मैले पाइसकेको हुँ । मन्त्री भइसकेकी छु । मैले टिकट नपाएर होइन । सल्लाह गरेन भनेर मेरो कुरा भनिसके नि । तर अहिले म धेरै खटेर काम गर्न पनि अवस्थताका कारण सक्दिन त्यहि भएर राजीनामा दिएको हो ।’

भाइ र म जोडेर हेर्नु नै गलत छ । हामी अलग अलग छौ । यदि मेरो श्रीमानले अवसर लिएको र मैले पनि अवसर लिएको भए भन्नु प¥यो । अनि मलाई सधै अवसर दिनु पर्छ भनेको होइन । छलफल भएन मात्र भनेको उनले बताइन् ।
आफूले माओवादी नछोडेको बताइन् ।

उनले भनिन, ‘म १७ बर्षको उमेरमा यो पार्टीमा लागेको हुँ । मेरो दाई शहिद भएको पाँच महिनामा मलाई जिल्लाको नेतृत्व दिएका थिए । मैले पनि त्यो समयमा रुदै नेतृत्व लिएकी हुँ । यो पार्टीमा अरु पाए टिक्छन् । म बोलेर टिकिरहेकी छु । यो पार्टी भन्दा दाँया बाँया हुदैन । इन्चार्जबाट राजीनामा दिएकी हुँ ।’

पार्टी रहेर काम गर्ने बताइन । उनले आफ्नो असहमति भएपनि। पार्टीको काममा खट्ने बताइन् ।

सम्बन्धित समाचार