जुम्लामा बिपद्को नाममा कालोबजारी : सामान पुरानो मुल्य नयाँ

जुम्ला ः बिपद्को कारण देखाउदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मुल्यमा ल्याइएको हो । जुम्लाका ब्यापारिले सामान पुरोनो नयाँ मुल्य गर्न थालेको स्थानीय ददि नेपालीले बताए । उनले भने, यस अघि खानेतेलको पेटी २२ थियो । कर्णाली राजमार्ग बन्द भएदेखी २६ सय देखी २८ सय लिन थालेका छन ।

खाद्य बस्तु तथा खुद्रा सामग्रीमाहरु मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एका एक मुल्य बढाईको छ । यसको लागी सरोकारवाला निकाया मौन छन । जुम्लाका ब्यापारीले यतिवेला बिपदको नाममा कालोबजारी गर्दै आएका छन ।
त्यस्तै बिपदको नाममा ,’नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ग्यासको पनि मुल्य एकासी बढेको छ । यसअघि २दूइ हजार दुई सय ५० परुपैया थियो । अहिले न्युनतम २८ सय देखि ३हजार सम्म लिने गरेका छन । उनले भने,” डिजलको मुल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन ।

त्यस्तै बिपदको नाममा कृत्रिम अभाव देखाएर कालोबजारी गर्दा समेत नियमन गर्ने निकाया मौन बसेका छन । ठुला डिलरवालो बढी मुल्य गरेकाले साना तथा खुद्रा व्यापारीे महंगोमा बेच्ने गरेको बताएका छन ।त्यस्तै महंगोमा उपभोक्तालाई बेच्नु परेको बताउँछन् ।

त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्वाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताउछन ।उनले भने, जिल्ला प्रशासन कार्यालले कालोबजारी भएको प्रमाण खोज्ने गरेको छ । तर नागरिकलाई बढी मुल्यमा सामान बेचेको बिल दिन ब्यपारीले मान्ने गरेका छैनन। उनका अनुसार कालोबजारी रोक्नका लागी उपभोत्ता सचेत हुन जरुरी छ । पटकपटक बिभिन्न बहानामा हुने कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा बेच्ने ब्यापारीलाइै तत्काल कानुनी दायरामा ल्याईन सकेको खण्डमा कालोबजरी रोकिने देखिन्छ ।

 

सम्बन्धित समाचार