घरपरिवार र समाज नै महिला सशक्तिकरणको बाधक भएको महिला नेतृत्वको निष्कर्ष

जुम्ला ः सदियौंदेखि पछाडि पर्दै आएका महिला वर्ग अझै पनि पछाडि नै छन् । अझै भन्नेहो भने कर्णालीका महिला । उनीहरु मतदानको अधिकार, होस या समान ज्यालाको कुरा होस महिलाको लागी बाधक घरपरिवार र समाज नै बनिएको दुखेको पोखेका छन । सर्वोदय नेपाल जुम्लाले आयोजना गरेको जुम्लाका महिलाहरुको नेतृत्व बिकास कार्यशाला गोष्ठी तथा अबस्था बिश्लेषण सम्बन्धी कार्यक्रमा उनीहरुले यस्तो बताएका छन ।
२१ औं शताब्दीमा आइपुग्दा पनि महिला र पुरुषमा समानता पाइँदैन । सभामुखदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, ठूला
दलका प्रमुख पदमा पुरुषकै बर्चस्व छ । पहिले—पहिले त महिला घरबाट बाहिर निस्कनै पाउँदैनथे । अहिले केही महिला घर बाहिर निस्केका भए पनि संगठित र एकता नभएका कारण उपलब्धि खासै छैन ।
बल्लतल्ल घरबाट बाहिर निस्के पनि संगठित र एकता नभएर एक्लाएक्लै देखिन्छन् । महिला सशक्तीकरणका निम्ति
कुनै पनि सवालमा महिला एकजुट भएर लाग्नुपर्छ । कतिपय घटनामा महिला—महिलाबीच नै एकता हुन नसक्दा महिला अधिकारका सवाल ओझेलमा परेको सिता बुढाले बताइन । उनले भनिन,महिला आन्दोलनको एक शताब्दी र एक दशक बितेको छ। आजसम्म आइपुग्दा हाम्रो जुम्लाका महिलाहरूको अवस्था कहाँ पुगेको छ? समग्र महिलाहरूको गतिशीलताको आयाम कस्तो छ? अझै भन्ने हो भने श्रमिक महिलाको अवस्था के छ? के साँच्चै परिवर्तन भएकै छ त? हामी सबैले एकपटक सोच्ने बेला आएको छ।
त्यस्तै महिलाको स्वास्थ्य, शिक्षा, आय–आर्जन, आर्थिक अवस्था, सामाजिक जीवन, राजनीतिक क्षेत्रमा सरकारले महिलाका लागी बनाएका नितिगत ब्यवस्था कार्यन्वयनमा फितलो भएको सम्रिता बुढाले बताइन । उनले भनिन, महिलाको बिकासका लागी विभिन्न संघ–संस्थाहरू, मानव अधिकार, नागरिक समाज, राजनीति दलहरूले परिणाम मुखि काम गर्नु पर्ने बताइन ।
त्यस्तै सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले महिला देवी हुन्, सृष्टिकर्ता हुन्, धरती हुन्, आमा हुन् भन्दै मिठो बोलेर मात्रै नहुने बताए । उनले भने,हाम्रो समाजमा ,छोरीलाई हेय दृष्टिकोणले हेर्ने, नारी कमजोर हुन्छन्, भन्ने मानसिकता हटाउनु पर्ने बताए । उनले गरिबी, अशिक्षा, संचेतनाको कमीजस्ता तत्वहरूले नै महिलाहरूलाई पछि पारिरहेको बताए । उनले थपे,” लैङ्गिक विभेद, विभिन्न किसिमका हिंसाहरू, धर्म, संस्कृतिको आडमा गरिने भेदभाव, कुरीति, कुसंस्कार, दाइजो प्रथाले समाज नराम्रोसँग गिजोलिएको छ। यस कारण महिलाको क्षमताको कुनै महत्व दिइएको पाइदैन ।
महिला एकताको खाँचो
चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी कड्खाले महिलाका मुद्दा सबै महिला एकजुट हुनु पर्ने बताइन । उनले संविधानमा उल्लेख भएका सबै ब्यवस्था कार्यन्वयन छ्रैनन। जसका कारण महिला दोस्रो दर्जाका रुपमा पुरुषले हेर्ने नजर फेरीएको छैन ।
त्यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले भनिन,२०६२÷०६३ को जनआन्दोलनमा महिलाले सक्रिय भूमिका खेलेका कारण राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता आएको बताइन । उनले यसले गर्दा केही महिलाले अवसर पाउने, क्षमताको विकास भएको छ । तर यतिले मात्रै पुग्दैन । अबका दिनमा हामी बिभिन्न ठाउमा नेतृत्व गर्ने महिलाले ओझेलमा परेका महिलाका लागी एक जुट हुनु पर्छ ।
त्यस्तै तिलागाउँपलिाका उपाध्यक्ष गोरीकला बुढाले महिला एकताको लागी सक्रियता बढाउनु पर्ने बताइन ।उनले जबसम्म महिलाहरू एकजुट भएर अगाडि बढ्दैनन्, तबसम्म महिला सशक्तीकरण हुनसक्दैन । उनले भनिन,”भाषणमा जतिसुकै सशक्तीकरणका कुरा गरे पनि व्यवहारमा सुधार आएन भने कुनै परिवर्तन हुनसक्दैन । उनका अनुसार महिलाबीच पनि चेतनाको अभावका कारण एउटा महिला अगाडि बढाउन अरु महिलाले खुलेर समर्थन गरेको पाइँदैन । महिलामा पनि कताकता पितृसत्तात्मक मानसिकताले घर गरेको हो कि भन्ने देखिन्छ । यस कारण बास्विक महिलाका पीडा अगाडि आउनसकेका छैनन् ।
पछिल्लो समयमा जुम्लामा महिलाका आर्थिक ,समाजिक, र ब्यक्तित्व बिकासको लागी सर्वोदय नेपालले काम गर्दै आएको छ ।









