नाग्मा जुम्ला सडक खण्ड खुल्यो

जुम्ला ः पहिरोले अवरुद्ध जुम्लाको सडक खण्ड खुलेको छ ।करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडक खण्ड खुल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।
डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुदै नाग्म सम्म दर्जनौ स्थानमा पहिरो गएको बताए ।उनले अव जुम्ला नागमा सडक खुलाइएको छ । उनले भने, अबरुद्ध सडक खुलाउनका लागी क्षेत्रमा असोज २२ गतेबाट २ जना ईन्जिनियर, ३ जना सव ईन्जिनियर, ७ जना सुपरभाईजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौँ ।कर्णाली राजमार्गमा खटिएका सव ईन्जिनियर गोविन्द अधिकारीका अनुसार हामीले मंगलबार वेलुकी जुम्ला बजार देखी नाग्म खण्ड खुलाइएको छ ।

राजमार्गको सर्वपक्षिय अनुगमन
त्यस्तै कर्णाली राजमार्गको अनुगमन समेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सड्क कार्यालयका प्रमुख श्रेष्ठ। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्ला देखी कालिकोटको भिग्म सम्म अनुगमन गरेको छ ।

त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भएपनि दिर्घकालिन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी केशरीले सड्क खुलाउने र दिर्घकालिन रुपमा राजमार्ग बनाउनका लागी सवैको सहयोग आवश्यक छ । उनले तेल अभाव भएकाले खोजी भईरहेको बताए ।
कर्णाली राजमार्ग २५ प्रतिशत अव खुल्न वाँकी
त्यस्तै डिभिजन सड्कका अनुसार कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न वाँकी रहेको छ । डिभिजन सड्क कार्यालयका प्रमुख राजिव श्रेष्ठले कालिकोटको पिली देखी सेरावाडा सम्म काम सकेर गाडि पुगेको छ । सव ईन्जिनियर गोबिन्द अधिकारी अनुसार सेरावाडा देखी नाग्म सम्मको करिब ३० किलोमिटरमा सवैभन्दा कठिन अवस्था छ ।धनाडा देखी नाग्म सम्म मात्रै १४,१५ स्थानमा ठूला ढुंगा बिष्फोटन गर्नुपर्ने अवस्था रहेको छ ।

सम्बन्धित समाचार