हवाइ सेवा थप र ईटिकट बुकको माग गर्दै सांसद भण्डारी सहितको टोली डेलिगेशनमा

जुम्ला ः कर्णालीमा टिकट बुक प्रर्णाली अनलाइन गर्न र हवाइ सेवा नियमित बनाउनको माग गरिएको छ। प्रदेश सभाका सदस्य तथा पुर्व कनुमन्त्री नरेश भण्डारीको नेतृत्वको टोली ,पर्यटन मन्त्रालयमा डेलिगेशन गएको हो।
जहिले पनि कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले तत्काल सहज हवाइ यातायात सेवा प्रदान गर्ने वातावरण बनाई टिकट बुङिक प्रर्णाली अनलाइन गर्न माग गरिएको छ ।संसद भण्डारी लगायत काठमाण्र्डौमा बस्ने जुम्लाबासीहरु डेलिगेशन टोली बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न थालका हुन ।

त्यस्तै उक्त टोलीले जुम्ला लगायत कर्णाली प्रदेशमा ईटिकट प्रर्णाली लागु गर्न,नियमित उडान भर्न र विमानस्थलमा पारदर्शीता सुनिश्चित गर्ने बिषयमा निणर्य गरिएको सांसद नरेश भण्डारीले बताए। उनले हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्न र थप उडान थप्ने कार्य अघि बढाउन समेत ध्यानाकर्षण गरिको बताए । उनका अनुसार मंगलवार,संघको सचिवालय, पशुपति भिजन, गौशाला काठमाडौमा हवाइ समस्या समाधानका लागी बैठकले समेत बसेको छ ।

बैठकमा कणाली प्रदेशको हवाई सेवा सामाधानका लागि वायुसेवा कम्पनी (दुर्गममा उडान भर्ने ) बिषयमा संघका अध्यक्ष क्या. रामेश्वर थापाको अध्यक्षतामा बसको बैठकमा कणालीवाट प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारी लगायत अन्य जुम्लाबासी सहभागीता रहेको थियो । उक्त बैठकबाट कर्णाली प्रदेशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुसँग ईटिकट बुकको माग गरिने निर्णय गरिएको छ ।सांसद भण्डारीले एउटै दूरीको हवाई भाडा ई–सेवा नहुदा दोब्बर महङ्गो तिर्नु पर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै इटिकट सेवा प्रर्णाली माग गरेका हुन ।

त्यस्तै कर्णाली प्रदेशमा आएको बिपद्का कारण अलपत्र परेका सम्पूर्णलाई चाडो भन्दा चाडो उद्धार गर्ने निर्णय समेत गरिएको जनसम्पर्क सल्लाहकार मनऋषी धितालले बताए । उनका अनुसार हवाई यातायात निर्वाध रुपमा संचालन गर्न शान्ति सुरक्षाको प्रत्याभुति गर्न स्थानीय प्रशासनको ध्यानाकर्ष गराउने निर्णय समेत भएको छ ।

त्यस्तै वायुसेवा कम्पनीहरुले यथासिघ्र ईटिकट बुकको व्यववस्था लागू गर्ने निर्णय गरिएको छ । यति बेला अबरल वर्षाका कारण कर्णाली राजमार्ग बन्द हुदा कर्णाली प्रदेशका हिमाली जिल्लाहरुका बासीन्दा महंगो, अनियमित र अपारदर्शी हवाइ यातायातमा निर्भर हुन बाध्य छन्, ।कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका भण्डारीले भने, ‘त्यसैले कर्णाली प्रदेशमा अनलाइन टिकटको व्यवस्था गर्न, नियमित उडान भर्न, हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्नु पर्नमा जोड दिइएको हो ।

कर्णाली राजमार्ग लामो समयमा सम्म बन्दा हुदा जुम्ला लगायत कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौ सम्म यात्रुले विमान स्थलमा कुर्नु परिरहेको छ । बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट पाउँदैनन्। अहिले सांसद भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्ला जिल्लामा उत्पन्न विपद व्यवस्थापनार्थ राहत र विशेष पुर्नस्थापना प्याकेज अबिलम्ब कार्यन्वयन गर्न समेत गर्दै आएको छ ।कर्णालीमा हवाइ सेवा नियमित बनाउनको माग गरिए पछि आजकै दिन देखि जुम्लाका थप उडान थपिएको छ ।

सम्बन्धित समाचार