डाक्टर कुट्नेलाई निलम्बित गर्ने प्रतिष्ठानले उपचार नगर्ने डाक्टरलाई किन जोगायो जुम्ली जन्ताको प्रश्न ?

जुम्ला ः अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण साहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने कर्मचारी शाही निलम्बनमा परेका छन् ।प्रतिष्ठानको भदौ ४ गते बसेको कार्यकारी परिषद्को बैठकले धनबहादुर शाहीलाई निलम्बन गरेको हो ।उनलाई ४५ दिनको लागि निलम्बित गरिएको हो ।तर ६ वर्षको बालकलाई उपचार नगरी बस्ने डाक्टर करण शाहलाई प्रतिष्ठानका पदाअधिकारीले नै जोगाएको देखिन्छ ।शाहीले भदौ २ गते आकस्मिक विभागमा आफ्नो छोरालाई पेट र टाउको दुखेको र ज्वरो आएको भन्दै डाक्टर साहसँग आग्रह गरेका थिए । उक्त विषयमा भएको विवादका कारण शाहीले चिकित्सक साहलाई आक्रमण गरेका थिए ।

तर शाहीलाई नि निलम्बित गर्ने प्रतिष्ठानले डाक्टरलाई किन पक्षबाद गरेर जोगाएको होला आम जुम्ली जन्ताको प्रतिष्ठान प्रति प्रश्न छ ।कि डाक्टरले जेगर्दा पनि केही नहुने भन्ने नेपालको कानुन बनेको छ । कि प्रतिष्ठानका पदाधिकारी नजिक भएकाले जे गर्न पनि मिल्छ । यति प्रतिष्ठानको संस्थागत मर्यादा छ भने दुवैलाई काबार्हि हुन पर्ने होला । यि प्रश्न प्रतिष्ठानको सिसिटिभिको भिडियो हेर्ने हरुको सामाजिक संञ्जालमा आएका छन ।
चिकित्सक उपचार नगरेको भन्दै कारवाही गर्न प्याप्सनको माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण साहले चन्दननाथ नगरपालिका – २ भण्डारीवाडाका ६ वर्षीय बालक पृथक विक्रम शाहीलाई उपचार गरी बाल अधिकार उल्लघंन गरेको भन्दै निजि विद्यालयको छाता संगठन प्याप्सनले कारवाही गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै बालअधिकार उल्लघंन गर्ने चिकित्सकलाई कारवाही गर्न माग गरेको हो ।
एसिया इन्टरनेश्ल बोडिङ स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत बालक शाहीलाई चिकित्सक साहले ०७९ भदौँ २ गते उपचार गर्न जादा उपचारै गर्न नमानेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालको इमरजेन्सी कक्षा डियूटीमा रहेका चिकित्सक साहले उपचार सेवा प्रदान नगरी उपेक्षा, भेदभाव, घृणा तथा उत्पीडनमा पारेको सिसिटिभि फटेज अध्ययन गर्दा प्रष्ट देखाएको छ ।

नेपालको संविधान र बालबालिका सम्वन्धी ऐन ०७५ को परिच्छेद २ मा उल्लेखित बाच्न पाउने अधिकार (१) मा सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने छ भन्ने उल्लेख छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारले बालबालिकाको बाच्न पाउने अधिकार र बालबालिकाको समग्र विकास लागि बालबालिका माथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनिकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्वन गर्नु पर्दछ भनि प्रष्ट उल्लेख छ ।
उल्लेखित ऐनका आधारमा डियूटीमा रहेका चिकित्सकले अपस्तालमा आएका सेवाग्राही बालक शाहीलाई उपचार नगरेकोले विभिन्न कानुन आक्रशित हुन्छ । सोही बमोजिम कारवाही गर्नु पर्ने देखिएको प्याप्सनका सचिव रतनबहादुर शाहीले बताए ।

चिकित्सकविरुद्ध प्रहरीमा उजुरी
डा साहले अस्पतालमा उपचार गर्न आएको बालक शाहीलाई उपचार नगरेको आरोेपमा बालकका आमा आशा हमालले जिल्ला प्रहरी कार्यालय जुम्लामा भदौँ १३ गते उजुरी गरेकी छन् ।
बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिएर गराएका थिए । ‘छोराको उपचारका लागि डा साहसँग बारम्बार अनुरोध गर्दा पनि उहाँले मान्नु भएन’, आमा आशाले भनिन् । बच्चाको उपचार नगर्दा डा साह र धनबहादुरबीच झगडा भएको तथा पछि छोराको ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गरिएको उनले बताए ।यही भदौ १३ गते साहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यही अनुसार भदौ १० गते सिफारिस प्राप्त भएको बालकका बाबु धनबहादुर शाहीले बताए ।
हमालले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २ को (ट), दफा १६ को (१) र (२), दफा ६६ को उपदफा ९१० र (२) को खण्ड (घ) र (ङ) मा परिभाषित कसुर अपराधअन्तर्गत ऐनको दफा ७२ को उपदफा ३ (क) बमोजिम कारबाहीको माग गर्दै यही भदौ १३ गते डा साहविरुद्ध दिएको जाहेरी दरखास्त दर्ता गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।‘जाहेरी दरखास्त दर्ता भएसँगै डा साहलाई कानुनी दायरा ल्याउन प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।’

सम्बन्धित समाचार