डाक्टर शाहले बालकलाई उपचार नगराएको प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशनको ध्यानआर्कषण
जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण पत्र जारी गरेको छ ।
बिद्यालयले आमा आशा हमालले पेश गरेको निबेदन सहित अन्य प्रमाणहरु प्रति गम्भिरता पुर्वक अध्ययन गर्दै बालकलाई उपचार नगराउने प्रतिष्ठानमा कार्यरत्त डाक्टर करण शाहको भेदभाव, पुर्ण ब्यवहार प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाको ध्यानआर्कषण भएको हो ।
२०७९।०५।०२ गतेका दिन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लाको इमेरजेन्सी वार्डमा करिव बिहानको ९ बजे तिर उपचारको सिलसिलामा वालक पृथक बिक्रम शाही प्रति उक्त डियुटिमा रहेका डाक्टर करण शाहले उपचार सेवा प्रदान नगरि उपेक्षा, भेदभाव, घृणा तथा उत्पीडनमा पारि दायित्व निधाह नगरेको साथै मानसिक पिडा दिएको बिषय प्रति हाम्रो गम्भिर ध्यानआर्कषण भएको उक्त ध्यानआर्कषण पत्र उल्लेख गरिएको छ ।
त्यस्तै नेपालको संबिधान र बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद(२ मा उल्येखित बाँच्न पाउने अधिकार ९१० मा सम्मान पुर्वक बाच्न पाउने अधिकार हुने छ भनि उल्यख गरिएको निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाका अध्यक्ष टासी दीडुप लामाले बताए । उनले जारी गरेको ध्यानआर्कषण पत्रमा नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहले बालबालिकाको बान पाउने अधिकार र वालबालिकाको समग्र बिकासका लागी बालबालिका माथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्युनीकरण लगाएतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागी आवश्यक उपाय अवलम्बन गर्नु पर्दछ भनि स्पष्ट उल्लेख गरिएको छ ।
त्यस्तै परिच्छेद(३ बालबालिका प्रतिको दायित्व शिर्षकमा बालबालिकाको सर्वोतम हितलाई प्राथमिकता दिने बारे स्पष्ट उल्लेख रहेको छ ।उल्लेखित ऐनको आधारमा विश्लेषण गर्दा र उपलब्ध प्रमाणहरुको अध्ययन पश्चात कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको इमेरजेन्सी वार्डमा कार्यरत डाक्कटर करण शाहले बालबालिका सम्बन्धी कसुर गरेको प्रति स्पष्ट हुन जान्छ ।
यसै ऐनको परिच्छेद(८ को बालबालिका बिरुद्ध कसुरमा उल्लेख गरिएको बुदा ले स्पष्ट गरेको छ जसमा घ र ङ मा समाबेश गरेको कसुर डाक्टर करण शाहले गरेको उपलब्ध प्रमाणले पुष्टी गर्दछ।
निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाका सचिब रतन बहादुर शाही भन्छन ,राज्य, संबिधान र ऐन कानुनहरुमा स्वास्थ्य सेवा मानव जीवनको एक प्रमुख संबेदनशिल सेवा भित्र पर्दछ । झनै बालबालिकाका लागी बिशेष प्राथमिकताका साथै उच्च महत्वका साथ दायित्व पुरा गर्नु पर्ने व्यवस्था रहेको छ ।
मानवीय नाताले पनि प्राथमिकता दिईनु पर्नेमा तर बिडम्वना बालहिंसालाई प्रोत्साहन गरिएको देखियो । यस्तो प्रकारको कसुर स्वयम समाजले भगवान स्वरुप मनोबिज्ञान निर्माण गरिएको डाक्टर प्रतिबाटै हुदा, सेता एप्रोन लगाएका मानिसहरुमा मानवता नहुन सक्छ भन्ने गम्भिर कुराको सन्देश प्रवाह गरेको छ । यस्तो खेदजनक कृयाकपाल प्रति हाम्रो गम्भिर ध्यानआर्कषण भएको छ । बिद्यालयले साथै बालबालिका सम्बन्धी ऐनको मुलुकी फौजदारी कार्यबिधि (संहिता) ऐन, २०७४ को अनुसुचि(१ अनुसार आवश्यक कारवाहीका लागी जोडदार माग गर्दै सरोकारवाला सबै निकायलाई ध्यानआर्कषण गराएको उल्लेख गरिएको छ ।









