आमा, आहा ! कती मिठो ! सुनिन्छ यो शब्द तर आमा हुनु सुने जस्तो मिठो चाहि पक्कै हुदैन | जब एउटा महिला रजस्वाला हुन्छे, तब देखी उसमा सन्तान जन्माउने क्षमाताको विकास हुन्छ | भनिन्छ, कुनै महिलाको गर्भ रहन्छ उसले प्रसव वेदानापछि एउटा नवजात शिशुलाई जन्म दिन्छे तेतिबेला ऊ मरेर बाचेकी हुन्छे | अझै पनी हाम्रो देशमा मातृ मिर्त्युदर ndhs (Nepal demerge phicheal these vice) २०१६ को अनुसार प्रत्येक वर्ष १ लाखमा २३९ संख्याका दरले आमाहरूले ज्यान गुमाउने गरेका छन | गर्भावस्थामा विभिन्न जटिलताहरू आउन सक्दछन | यस अबस्थामा अरु बेला भन्दा विशेष हेराचाहाका साथै बढ़ी ध्यान दिन आवश्याक हुनुको साथ साथै गर्भवती महीलाको स्याहार सुसारमा परिवारका अन्य सदस्यले पनि उतिके ध्यान दिन आबश्यक छ |
हालसम्म नेपाल सरकारको प्रोटोकल अनुसार चार महीना, छ महीना, आठ महिना र नौ महीनामा स्वास्थ्य संस्थामा गएर जाच गर्नु पर्दछ | हाम्रो देशका महिलाहरु विशेष गरेर गाऊघरका आमाहरू रक्तअल्पता तथा कुपोषणको समस्या धेरै नै देखिन्छ | गर्भ रहेको ४ महिना देखि निरन्तर सुत्केरी भयको ४२ दिनसम्म जम्मा २ सय २५ वटा आईरान चक्की खायर रक्त अल्पताबाट बच्न सकिन्छ | यसका साथसाथे हरियो सागासब्जी, पहेलों फलफूल, गेडागुडी, माछा, मासुआदि खानु पर्दछ | आफ्नो पोषण स्थिति राम्रो बनाउन सन्तुलित भोजन गर्नु पर्दछ जस्तै शक्ति दिने खाना, बृदि तथा विकास गर्ने खाना, रोगसंग लड्ने खाना र प्रशस्त मात्रामा पानी पिउनु पर्दछ | आमाले खाएको खाना बाट बच्चाले आफुलाई चाहिने आबश्यक तत्वहरु लिइरहेको हुन्छ त्यसैले यस अबस्थामा अरु बेला भन्दा थप एक चोटी खानुपर्दछ | अन्कुसेजुकाको संक्रमणबाट बच्नको लागी एक चक्की जुकाको औषधि खाने, पहिलो बच्चा हो भने एक महिनाको अन्तरालमा २ चोटी टी.डी खोप लागाउने, दोर्सो बच्चा हो भने स्वास्थ संस्थामा गएर एक पटक मात्र लिए पुग्छ जून नेपाल सरकारले निशुल्क सेवा दिने गरेको छ | नियमित सरसफाइमा ध्यान दिनुको साथै धुम्रपान, मध्यापन गर्नु हुदैन | यस अबस्थामा अरु समयमा अरु समय भन्दा धेरै आराम गर्नु पर्दछ दिनमा २ घन्टा र रातमा जम्मा १० घन्टा आरामको आबश्यकता पर्दछ |
गर्भ अबस्थामा हुने उच्च रक्तचाप (pregnancyinducedhypertension) को कारणले सार्है टाउको दुखने, आखा धमिलो देखेमा, हात खुट्टा सुनिएमा, तल्लो पेट दूखेमा, मूर्छापरेमा, योनीबाट रगत बगेमा यी सबै गर्भअबस्थामा देखिने जटिलता भएकोले यस्तो समस्याहरू देखिएमा नजिकाको स्वास्थ्य संस्थामा तुरुन्तै लानु पर्दछ | यस अबस्थाको सुत्केरी गराउन पूर्व गर्नुपर्ने व्यबस्था गर्नु पर्छ| पैसाको बन्दोबस्त, सफा कपड़ाको व्याबस्था, रगतको समूह मिल्नेरगत दिने मान्छे, स्वास्थ्य संस्थामा लानाको लागी साधनको व्यावस्था एम्बुलेन्सको सुविधा भएको ठाउॅमा एम्बुलेन्स चालकाको नम्बर लिनुपर्छ |यिनै साना साना कुराहरुलाई ध्यान दिन सकेमा गर्व अबस्थामा हुने जोखिमलाई न्यूनीकरण गरी मातृमिर्त्यु दर घटाउन सकिन्छ | नेपाल सरकारले गर्वबस्थामा हुने, जोखिमहरू न्यूनीकरण गर्न गर्वअब्स्थामा चार पटक स्वास्थ्य संस्थामा गर्भ जाच गरेको र स्वास्थ्य संस्थामा नै सुत्केरी गराएको छ भने चार सय रुपैया प्रोत्सान भत्ता र एक हजार रुपैया तराईमा, दुई हजार रुपैया पहाडमा र हिमालमा तिन हजार रुपैया यातायात खर्च बापत दिने गरेको छ | हाल आएर आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क रगत तथा पिसाब परिक्षण तथा गर्भबस्थाको बेला आबश्यक सम्पूर्णपरिक्षण निशुल्क प्रदान गर्नुपर्न्र निति ल्याएको छ |
विजय रावल (हे.अ.)कुडारी स्वास्थ्य चौकी, तिला गाऊपालिका ,जुम्ला