जुम्लाका १ सय ४३ जना भेडा किसानले पाए गोठालो भत्ता
जुम्ला ः जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २ सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन , कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । उनले भने, ‘स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र जुम्ला १सय ४३ जनाले गोठालो भत्ता पाएको पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए । उनले भने, सरकारले जुम्लामा भेडाको उत्पादन बढाउनका लागी यस्तो ब्यवस्था गरेको हो। एक वर्षभरी भेडाहेर्ने जाँदा आबश्यक सामान किन्न केही सहजहोस भन्नाका लागी उनीहरुलाई प्रोत्साहन स्वरुप गोठालो भत्ता दिने गरेको छ ।
भेडा पालक किसानलाई प्रोत्साहन गर्नका लागि‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउनका लागी लागु गरेको नियमित कार्यक्रम हो । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई यस्तो ब्यवस्था छ ।
रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।’ पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।