मालिकाबोताका किसान मह बेचेरै वार्षिक एक लाख आम्दानी गर्दै


जुम्ला  : कनका सुन्दरी गाउपालिका दुइ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन । मौरी पालनको लागी उनीहरुले तालिम पाएका होइनन । त्यहा  उनीहरुले आफै परम्परागत्त रुपमा मौरी पालेका छन । मालिका बोताको रोथ भन्ने ठाउमा सबैका लेखाली घर छन ।
त्यहा सबैका घरमा १२ देखी २५ सम्म मौरीका घर राखेको देखिन्छ ।

मालिका बोता गाउकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गर्ने गरेको छ । उनले भनिन,एक किलोको ३ हजार रुयैयामा बिक्र हुने गरेको बताइन ।उनको घरमा १० वटा मौरीका घार छन ।उनले भनिन,‘रोथ भन्ने ठाउ हाम्रो लेखाली घर हुन ।यहा आलु ,सिमि गहृ, मकै लगायतको अरु उत्पादन पनी हुन्छ ।अरु खेतीपाती संग मौरी पालन पनी भइरहेका छन ।

त्यस्तै सोही ठाउकै बिष्णुखर रावतका घरमा पनी मौरीका ११ घारछन । उनी भन्छन म सानो १२ वर्षको हुदा आमाले मह काढेको दे मलाख्थे तर आज पनि मौरीपालन गर्ने इच्छा जाग्यो । अहिले उनी घरका मौरी घार हेरचाह र मह काढ्न आफै अग्रसर हुन थालेका छन ।आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका सुवेदी अहिले सफल भएको रावत बताउछन ्। ११ घार मौरी पालेका उनी मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्छन् । उनको लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । उनी भन्छन अहिले सम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।

आधुनिक रुपमा मौरी पालनको लागी तालिम पाएको खण्डमा आफुहरुलाई सहज हुने बताउँछन । उनले पालेका मौरी परम्परागत घारमै बसेका मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ ।घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ ।

त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउछिन । मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उनका अनुसार मह प्रतिकिलो ३ हजारका दरले रुपैयाँमा घरमै बिक्री गर्छन् । ‘अहिले बजारको माग धान्नै गाह्रो छ’, उनले भने ‘मह खरिदका लागि घरमा आएका कतिपय उपभोक्ता नपाएर रित्तै फर्किंन्छन् ।’उनले भनिन,‘हालसम्म मौरी पालनको तालिम लिएका छैन् ।
घारको मौरी छुट्नि लागेको मेसो थाहा पाउने वित्तिकै उनी घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घारका बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । उनी भन्छिन , ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह उत्पादन हुने उनको भनाइ छ । उनी भन्छन, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पनि पालिरहेको छ ।’थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनको बभनाइ छ ।

सम्बन्धित समाचार