जुम्ला कालिकोट जोड्ने हिमा नदीको पक्की पुल निर्माणकार्य पुरा नहुदै चर्कियो

जुम्ला : जुम्ला र कालिकोट जोड्ने सिंजाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ ।पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो ।
पुल निर्माणको क्रममा ( प्रिस्टेट गर्दा खेरी) चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले स्वकार गरेको छ । सड्क डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्कि पुल सयूक्त रुपमा १३ करोडको लागतमा निर्माणको जिम्मा दिईएको थियो ।

सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको ईन्जिनियर शर्माले जानकारी दिए । ईन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिंजाखोला र छिडेना पुलको सुर्य कन्ट्रक्सन फम प्रा.ली सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो ।
२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५।१२।१४ मा सम्पन्न गरि सक्ने सम्झौता थियो ।उक्त पुल डिजाईनमा समस्या भएपछि फेरी रिडिजाईन गर्नुपरेको थियो ।यो बर्ष भने पुल संचालनमा ल्याउने तयारी थियो ।तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । उनले भने,“छिडेनाको पुल भने सम्पन्न भईसकेको छ ।

यो पुल फरक किसिमको प्रविधिको पुल भएकाले २८ दिनमा तान्ने गरिन्छ । सोही क्रममा चर्किएको हो । अव केही समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६,७ गते जुम्लामा भारतको ईन्जिनियरको टिम पुग्छ । नचर्किएको भए साउन महिनामै गाडि गुड्थ्यो तर अव दशैमा गाडि गुड्ने देखिन्छ । पुलको भित्र ग्राउटिङ गर्नुपर्ने हुन्छ ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गछौ । सो पुलको अहिलेसम्म तीन पटक पुलको म्याद थपि सकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

निर्माण सम्पन्न नहुदै पुल चर्किएपछि स्थानीय त्रसिद भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जिर्ण भईसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाडै गाडि गुडाउने सपना फेरी धकेलिएको छ । सड्क संजाल जोडिएपछि नेपालगंज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवहाक साधन र पर्यटकहरु भित्रिने गरेका छन् तर पुल निर्माण समयमा नहुदा जिर्ण बेलिब्रिज पुलजोखिम भएकाले चाडै बनाउन स्थानीयको दवाव छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नेपाल पत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन । समन्वय समितिका प्रमुख आचार्यले सो पुलको बिषयमा सम्वन्धित निकायमा के भएको र चाडै काम सूचारु गर्न समन्वय गर्ने बताए । स्थानीय सरोकारवालाले भने पुलको बिषयमा चासो बढाएका छन् ।

 

सम्बन्धित समाचार