लागु औषध दुर्वेसन र वालविवाह विरुद्ध बिद्यालय स्तरमा सचेतना कार्यक्रम गर्दै प्रहरी


जुम्ला : लागुऔषध नियन्त्रण र बालविवाह न्युनिकरणका लागी जुम्लाका बिद्यालयस्तरमा सचेतना दिनथालिको छ । हिमागाउँपालिकाकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय जुम्लाकाे  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हिमा गाउपालिका भरीका  बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई लागुऔषध रोकथाम वालविवाह न्युनिकरण सम्बन्धी सचेतना दिइएको हो ।

जुम्ला प्रहरीले जुम्लाका जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने लगाएत लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालाप सम्बन्धीत कार्य सञ्चालन गर्दै आएको बताएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यलयले हिमा गाउँपालिकाका विद्मालयका छात्र र छात्राहरूलाई लागु औषध नियन्त्रण, बालबिवाह न्यूनीकरण लगायतका समसमायीक विषयमा जिल्ला प्रशासन कार्यालय, सबै सुरक्षा निकाय, जिल्ला सरकारी वकिल कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गैर सरकारी संस्थाको संयुक्त आयोजनामा चेतनामूलक कार्यक्रम संचालन गरिएको प्रहरी निरिक्षक भुवन भट्टले बताए । उनका अनुसार हिमागाउँपालिका बिभिन्न बिद्यालयमा अध्यायरत छात्रछात्राहरु बिच अन्तरक्रिया गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई यस्ता अराधिक बिक्रयाकला रोक्नका लागी सचेतना दिन जरुरी छ । बिद्यालयमा अध्यायनरत्त बालबालिका भविष्यका कणदार हुन ।उनीहरु गलत बाटोमा लागेको खण्डमा व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा समेत यसले असर गर्ने भएकाले बिद्यालयस्तरमा सचेतना दिइएको हो ।लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? लगायत बारेमा जानकारी गराएको छ ।जनप्रतिनिधि कार्यक्रममा विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।