जुम्ला : जुम्लामा खेलको माध्यमबाट महिला सशक्तिकरण बढाउन जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिबृद्धि कार्यक्रम गरिएको छ ।महिला भएकै कारण गरिने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै सरकारी स्तरबाटै यस्ता कार्यक्रमको अबधारण ल्याइएको हो ।अझै पनि नेतृत्व तहमा त महिलाको उपस्थिति एकदमै न्युन छ ।
ठूला प्रतियोगिताको आयोजनामा महिलाको भूमिका खासै देखिंदैन । खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो ।यो कार्यक्रममा सबै महिला सहभागीता मात्रै छ । महिला सशक्तिकरण हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम बिकल्प भन्ने मुल नारा रहेको छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् । तर असारे बिकास संग जोडिएको यो कार्यक्रम ग्रामिण बस्तीका बिद्यालय स्तरमा भने पुग्न सकेको छैन ।
खेलकुद बिकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले भने, यो कार्यक्रमकाे मुख्य उद्देश्य भनेकाे खेल क्षेत्रमा महलिाको क्षामता बढायर महिलालाई निर्णायक बनाउन खोजिएको हो । उनले भने, खलेकुदमा महिला सहभागिता बढाउन आबश्यक छ । उनका अनुसार १ सय ५० जना महिला खेलाडी सहभागीता गराउने लक्ष्य हो । तर मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन पाएका छैनन् ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा होइन् । तर महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन । प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आबश्यक छ । उनले भनिन् महिला पनि क्षामतावान छन एक नम्बर च्याम्पियनसिप बन्न सक्छन भन्ने उदारण दिन सहभागी महिला खेलाडीलाई शुभकामाना दिइन ।
त्यस्तै एन्फाका केन्द्रिय सदस्य भरत बहादुर बुढ्थापाले प्रतियोगितामार्फत महिला सशक्तिकरणको सन्देश दिनु आफैंमा उदाहरणीय हो ।एक त जुम्लाको परिपेक्षमा सबै क्षेत्रमा महिला पछाडी छन । अरुठाउका महिलाले खेलकुद क्षेत्रबाट पुरस्कार पाउदा हाम्रा बिद्यालयमा अध्यायनरत्त छात्रा सूरुवालमै हाइजम खेल्ने गरेको तितो सत्थ्य सुनाए । महिला खेलाडीमा पनि रुआम खेल प्रतिको रुची जाग्नु पर्छ अवस्य सफल हुने छन ।