जुम्ली युवाहरुको कृषि मोह बढ्दै

उत्पादन बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी


जुम्ला : पछिल्लो समय जुम्लाका युवाहरूको रोजगारीको प्रमुख गन्तव्य कृर्षि पेसा बनिरहेको छ । अधिकांश युवाहरू पढाई वा रोजगारको लागी ब्यवसायिक रुपमा कृर्षि पेसा अंगाल्न थालेका हुन । जसले गर्दा कृषि उत्पादन बढ्न थालेको छ ।कर्णाली प्रदेस सरकारको भुमिब्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयले पनी प्राथमिकतामा दिर्दै आएको छ । मल, बीउ, सिँचाई, यान्त्रीकरण आदि जस्ता सामाग्री अनुदानको रुपमा दिदै आएको कृर्षि बिकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, युवाहरू पनि कृर्षिमा उत्साहित भएका छन ।

जसले आफ्नो बुबा आमाले गर्दै आएको परम्परागत पेसालाई नै आधुनिक बनाएर आयआर्जन गरिरहेका छन् ।त्यसमध्येका एक हुन्, कनका सुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत । कठायतले एक वर्ष पहिले १२ कक्षा पास गरेर २२ वर्षको उमेरमा नै कृषि पेसालाई अङ्गालेका छन् । उनले कुखुरा पालन व्यवसायलाई आम्दानीको श्रोतको रूपमा लिएको बताए । उनको मुगुको राराताल जाने मुख्य सडकमा कर्णाली हेचेरी पाल्टी फार्मछ । उनको फार्ममा अहिले साना ठुला गरी ६हजार बढी कुखुरा छन । उनले कुखुराका चल्ला पनि आफै उत्पादन गर्दै आएका छन । उनले भने, पढेलेखेर जागिर खानु पर्छ भन्ने छैन।कृर्षि पेसाबाट पनि दैनिकी सहज बनाउन सकिन्छ । त्यस कारण महिले कुखुरा पालन व्यवसायमा लागेको हुँ । उनले भने,‘ जुम्लाका नागरिक ब्रोइलर कुखुरा खाना बाध्यछन । महिले यहाको स्थानीय जातको कुखुरा उत्पादन गरी आत्मा निर्भर बनाउने सोचमा छु ।

बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी
कठायतले भने,बजार राम्रै भए पनि हरेक चिजहरू बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी हुन्छ। , हामी किसानले उत्पादन गरेका वस्तुहरू किसानले सिधै उपभोक्तालाई पु¥याउन सक्ने वातावरण नभएपछि श्रम अनुसारको आम्दानी लिन पाइएको छैन ।
सरकारले कृर्षिमा अनुदान दिनु भन्दा बजारी करणको सहज ब्यवस्था गर्न जरुरी छ । उनका अनुसार अहिले कृषिका हरेक उपजहरू बिक्री गर्दा बिचौलियाबाट नै गरिन्छ, त्यसैले पनि किसानहरूले मूल्य नपाउने र उपभोक्ताहरूलाई बढी मूल्य परेर मारमा पर्ने स्थिति सृजना भएको हो । जुम्ली किसानका उत्पादनहरू बिक्री नभएर कुुहेर, सडेर, फाल्नुपर्ने स्थिति पटक पटक सिर्जना हुँदा पनि सरोकारवालाको ध्यान जान सकेको छैन ।

त्यस्तै २०६० साल देखि एसएसी पास गरेर कृर्षि पेसा अंगालेका चन्दनाथ ५ का निरोजराज गिरी स्याउ, ओखर, लशुन , आलु, सिमि उत्पादन बाट बार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन । उनी स्याउका चना, जुस ,जेली, बनाउछन । उलनले भने आफ्नै लगानीमा ब्यवसाय सुरु गरेको बताए । गीरी भन्छन,‘ मसंगै पढेका कोही शिक्षक बनेका छन । कोही डाक्टर बनेका मलाई कृर्षि पेसा गर्न देखेर उनीहरु गोठालो अथावा जंगलीको संज्ञा दिने गर्थे ।

तर म मेरो पेसा प्रति खुषि छु । किनकि म मुख्य मन्त्रि उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित पनी भए । कृर्षि क्रान्ति नभए देशमा भोगमारी हुने बताए । उनले भने, जो जुनठाउमा रोजगारी भएपनि दैनिक छाकटार्नका लागी कृर्षिनै चाहिने भएकाले आफुले कृर्षि पेसा रोजेको बताए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्ष पदमा भारी मतले जितेकी गंगा देवी उपाध्ययले ५ वर्षको कार्यकाल सकिएपछि आफ्नो पाइला कालिज पालन तिर मोडेकी छन । उनी भन्छिन, नेपाललाई कृषिप्रधान देशको रूपमा परिभाषित गरिएको छ ।
तर यहा त्यसो हुन सकेको छैन ।गंगादेवीको अहिले अर्काे परिचय थपिएको छ।

उनको नाममा गौतम पशुपंक्षि पालन फार्मछ ।हर कुरालाई फरक ढंगबाट गर्न खोज्ने उनले कालिज पालन आफ्नै कर्मथलोमा परिणत गरेकी छन् ।उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरकी छु । यसमा श्रीमान श्रीमती दुवैको उतिकै हात छ । हामीले ठुला कालिज मात्रै पालन नगरेर कालिजका चल्ला समेत उत्पादन गरेका छौ । माघ १५ बाट सूरु गरेको कालिज पालिन, ब्यवसाय अहिले १५ सय बढी चल्ला उत्पादन भइसकेका छन ।

पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन,‘जुम्लामा कालिज पालनको राम्रो सम्भावना छ । उनका अनुसार गौतम पशुपंक्षि पालन फार्म तातोपानीको ४ वडाको गौतम वाडा गाउँमै संञ्चलन छ ।त्यस्तै उनका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालीएको हो । उनले भने , यहाका कालिज मात्रै होइन , कालिजका चल्ला उत्पादन भइरहेका छन । अहिले तत्काल १५ सय चल्ला उत्पादन भइसकेका छन ।

उनले भने,‘यहा उत्पादन भएका कालिजका चल्ला एक जोडाको मुल्य १८ ,यस ,१२ सय र ५ सय सम्म पर्ने गरेको छ । ठुला कालिजको २५ सय देखि ३५ सय सम्म पर्ने गरेको छ। भाले कालिजको मुल्य ३५ सय र पोथीको मुल्य २५ सय पर्ने गरेको छ । उपाध्यायको फार्ममा अहिले दुई सय २० ठुला कालिज रहेका छन । उनले थपे,स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने र जुम्लालाई कालिजमा आत्मा निर्भर बनाउने सोचका साथ यो ब्यवसाय सुरु गरेका छौ

गंगादेवीका श्रमिान उपाध्याय भन्छन ,जुम्लालाई कालिजको मासुबाट आत्मा निर्भर बनाउने सोचका साथ यो ब्यवसाय सूरु गरिएको भए पनि सोचेजस्तो हुन सकेको छैन । उनले भने,“यहाबाट बिभिन्न जिल्लामा कालिजका चल्ला निर्यात गर्ने सोच बोकेको छु ।

त्यस्तै गंगा देवीले भनिन, आफ्नै गाउँमै गौतम पशुपंक्षि पालन नामको फार्म दर्ता गरी व्यवसाय थालेको छु,” उनले भनिन , “मैले आफ्नै गाउँठाउँमा केही गरौँ भनेर आफूसँगै श्रीमानलाई त्यो ब्यवसायमा लगाएको छु । उनले थपिन अहिले ५० लाखको लगानी गरेर कालिज पालन लागेकी हु । कालिजपालनसँगै कुखुरा र हाँस पनि पालेकी छु । यहा पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ भएकाले यो ब्यवसाय गरेको उनको दाबी छ ।त्यस्र्तै पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने ब्यवसाय यो पहिलो भएको बताए । उनका अनुसार यो ब्यवसायले राम्रो फट्को मार्न सके यहाका युवाले रोजगारी पाउने बताए । उनले भने,“कालिज पालन ब्यवसायको जुम्लामा सम्भावना निकै राम्रो छ ।