जुम्लाका १४ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्ला : जुम्लाका १४ जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालयको मुल्यांकनका आधारमा १४ जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । उनीहरुले कृर्षि उत्पादनमा र पशु पालन क्षेत्रमा महत्व योग्दान पुर्याएको भन्दै उत्कृष्ट कृषक पुरस्कार पाएका छन ।जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्दन आचार्य र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन ।

त्यस्तै पशु तर्फका किसान कनका सुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत ,तातोपानी गाउँपालिका–४ का गंगादेवि उपाध्याय, चन्दनाथ तिनका जंग खत्री ,चन्दननाथ नगरपालिका २ का कमला बुढ्थापा, ग्ठीचौर ५ का गोपाल महत ,चन्दनाथ ६का डिल्ली बहादुर रावल , र चन्दननाथ ३का अमर सिहं भक्रि उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै उनीहरुलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको पशुअस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
कृषक समुहतर्फ चन्दननाथ नगरपालिकाका ५ निरोजराज गिरी , गुठीचौर ५की बविता भण्डारी , पातारासी ४की सुसिला बोहोरा ,तातोपानी एक का परान धराला, तिला आठ बुद्धि बस्नेत , कनका सुन्दरी ८का नर बहादुर शाही ,र सिजागाउँपालिका, ३ का गगन बहादुर शाहीलाई पुरस्कृत गरिएको छ। सम्मानित हुने सबै कृषकलाई १० हजार रुपैया र प्रमाणपत्र दियर पुरस्कृत गरिएको हो।
त्यस्तै किसानलाई पुरस्कारका लागि आवेदन दिन १५ दिने सुचना पशुअस्पताल तथा पशु सेवा कार्यालयले जारी गरेको कार्यालय प्रमुख गोबिन्द बहादुर महतले बताए ।उनले भने, हामीले सात बटा बिधामा पुरस्कार दिइएको हो ।जसमा भेडा, बाख्रा, कुखुरा, कालिज, भौसी,गाई, घाँस उत्पादन लगायतका सात वटा बिधाको पुरस्कार दिइएको हो ।

त्यस्तै मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको लागी कृषि बिकास कार्यालयले सुचना जारी गरेको थियो । जस्मा स्थानीय तहले आफ्नो पालिकाका कृर्षक लाई मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको लागी सिपासि गरी पठाएको कृषि बिकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार जिल्लाबाट उत्कृष्ट भएका ७ जना किसान मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ । उनले भने, यसको उद्देश्य भनेको लामोसमय सम्म कृर्षि पेसामा लागेका किसानलाई प्रोत्सान गर्ने । अरुलाई समेत प्रतिश्पर्धा गर्न जागरुप गराउने हो ।
स्थानीय तहबाट पुरस्कृत भएर जिल्लामा आएका किसानको हरेक व्यवसायको मुल्यांकन गरेर जिल्लामा पुरस्कारका लागि छनौट गरिएको थियो। कृषि बिकास कार्यालय जुम्लाका प्रराविधिक साहयक तथा मुल्यांकन समितिका सदस्य लक्षिराम महतलेपुरस्कृतका लागि छनौट गर्न निकै सकस भएको बताए। उनले भने,‘स्थलगत अनुगमन देखि किसानको रायसुझाव र परामर्शका आधारमा किसानलाई पुरस्कृत गरिएको हो। महतले भने, प्रदेश माताहतको पुरस्कारका लागि लड्न सक्ने किसानलाई जिल्लामा पुरस्कृत गरिएको हो।

त्यस्तै तातोपानी ४ गौतम पशुपंक्षी पालन फार्मकी कृर्षक गंगादेवी उपाध्यायले उत्कृष्ट पुरस्कारले काम गर्ने हौसला मिलेको बताए । उनले भनिन, हामी सधै अनुदान मुखि हुनु हुदैन , आफ्नो लगानी पनी उद्योमी बन्नु पर्छ ,। उनका अनुसार कृर्षि नै मानिसका आधारभुत आवश्यकता गास,वास र कपास मध्ये गास नै आवश्यकता हो। त्यो कृषि संग जोडिएको हुन्छ। रामसिंहले भने,‘जब सम्म मानिसले खान पाउँदैन्,तव सम्म कुनै पनि काम हुन सक्दैन्। खाद्यन्नमा आत्मनिर्भर नहुँदा सम्म संसारका कुनै पनि रंगमञ्चमा अस्तित्व रहँदैन्।’

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताइन । उनले कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारले पुरस्कार जस्तै हो । यो बर्ष पुरस्कृत किसानको बारीमा आन्तरिक तथा बाह्य पर्यटक समेत अवलोकन गर्न सक्ने अवस्था हुनु पर्नेमा जोड दिए।

त्यस्तै जिल्ला समन्वयन समितिका अध्यक्ष,गौरी नन्द आचार्यले यो पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौस्याएको बताए। उनले भने, ‘यो पुरस्कार पुरस्कृत किसानका लागि अवसर र चुनौति दुबै हो। किसानले अब आफु बढेर मात्र हुदैन्, समाजलाई अघि बढाउनु पर्ने संकल्प गर्न जरुरी छ।जुम्ला कृर्षिको सम्भावना भएको जिल्ला भनिएता पनि आत्मनिर्भर हुन नसकेको नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले भने, प्रदेश सरकारले नै किसानमैत्री कार्यक्रम ल्याउन थालेको छ । अझै पनी अनुदानमुखी कार्यक्रम लक्षित किसान सम्म पुग्न जरुरी छ ।

 

सम्बन्धित समाचार